Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’ मा निश्चल, रिश्मा र उपासना नहुने

फिल्मीखबर, काठमाडौं, 2021/04/21
 
आफैंमा एउटा ब्रान्ड नाम हो, ‘कबड्डी’ । नेपाली फिल्ममा मौलिक कथाको खडेरी परेको समयमा यो फिल्मले केही हदसम्म त्यसको परिपूर्ति गरेको थियो । यसकारण पनि ‘कबड्डी’ का सिरिजप्रति दर्शकले आँखा चिम्लिएर भरोसा गर्ने गरेका छन् । यसका तीनवटै सिरिजले बक्सअफिसमा गरेको सानदार कमाईले पनि यो फिल्मप्रति दर्शकको कुन हदसम्म विश्वास छ भन्ने प्रस्ट्याउँछ ।
 
अब ‘कबड्डी’ को फाइनल म्याच हुँदैन । अर्थात्, यो फिल्मले उठाउँदै आएको कथालाई विट मारिँदैछ । ‘कबड्डी ४’ नाम राखिएको फिल्मको बैशाख अन्तिमबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको स्क्रिप्टदेखि कलाकारसम्म सबै फाइनल भइसकेको छ । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको प्रदर्शन मिति असोज १५ गतेलाई घोषणा गरिएको छ ।
 
‘कबड्डी’ को अन्तिम सिरिज भएकाले फिल्ममा पहिलो पार्टदेखि तेस्रो पार्टसम्म अभिनय गर्ने सबै कलाकार दोहोरिने बताइएको थियो । तर, फिल्ममा ‘कबड्डी’ सिरिजका केही प्रमुख कलाकारको अभिनय नरहने भएको छ । तीनवटै सिरिजमा अभिनय गरेकी रिश्मा गुरुङ, पहिलो पार्टका नायक निश्चल बस्नेत र तेस्रो सिरिजकी नायिका उपासना सिंह ठकुरी फिल्ममा नहुने भएका छन् ।
 
निर्माता मणीराम पोखरेलले फिल्मको कथाअनुसार निश्चल, रिश्मा र उपासना नदोहोरिएको बताए । ‘कबड्डी’ को तेस्रो सिरिजमा मुख्य भूमिका निर्वाह गरेका विल्सन विक्रम राई र कर्माको पनि फिल्ममा अभिनय रहने छैन । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामाको अभिनय रहनेछ ।
Most Visited News (monthly)