Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधे’ मा ‘डिजे’ को गीत कपी, भड्किए दर्शक

एजेन्सी, मुम्बई, 2021/04/23
 
बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भयो । एक्सनले भरिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । भारतसहित विभिन्न देशमा फिल्मको ट्रेलरले यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । तर, केही व्यक्तिले सामाजिक सञ्जालमा फिल्मलाई ‘बाइकट’ गर्न भन्दै अभियान नै चलाएका छन् ।
 
ट्रेलर रिलिज भएसँगै ट्विटरमा ‘बाइकट राधे’ ट्रेन्ड सुरु भएको छ । फिल्मको कहानीमा नयाँपन नभएको भन्दै दर्शक आक्रोशित भएका हुन् । ट्रेलरमा सलमान र दिशा पाटनी ‘सीटी मार’ गीतमा डान्स गर्दै देखिएका छन् । यो गीतलाई अल्लू अर्जुन स्टारर साउथ फिल्म ‘डिजे’ बाट कपी गरिएको हो । गीतमा सलमान र दिशाको नृत्य नसुहाएको भन्दै दर्शक निर्माण टिमसँग भड्किएका छन् ।
 
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘अल्लु अर्जुन र पूजा हेगडेको ‘डिजे’ फिल्मको गीत ‘सीटी मार’ को हिन्दी रिमेक सलमान खानको ‘राधे’ मा । अब बलिउडले गीत समेत कपी गर्न सुरु गरेको छ । यो इन्डस्ट्रीमा अब केही मौलिकपन बाँकी रहेन ।’ ‘सीटी मार’ लाई बिगारेको भन्दै केही दर्शकले अल्लू अर्जुनसँग बलिउडको तर्फबाट माफी समेत मागेका छन् ।
 
‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्ममा सलमान स्पेशल कप राधेको भूमिकामा छन्, जसलाई मुम्बईमा फैलिएको ड्रग्सको धन्दा र क्राइम रेटको न्यूनिकरणको जिम्मेवारी सुम्पिएको हुन्छ । इदको छेको पारेर यही १३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा एकसाथ रिलिज हुन लागेको फिल्ममा रणदीप हुड्डा, गोविन्द नामदेव र ज्याकी श्राफको पनि अभिनय रहेको छ । 
Most Visited News (monthly)