Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

धरहरा उठ्यो तर मेरो ओठमा गर्वको मुस्कान छैन : गौरी मल्ल

फिल्मीखबर, काठमाडौं, 2021/04/25
 
२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको बैशाख १२ गतेको अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरे । बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको हो । भूकम्पले ढलेको धरहरा उठेकोमा आम नेपालीले खुसीयाली मनाएका छन् । 
 
अभिनेत्री गौरी मल्लले धरहराले पुनः एकपटक शाानले आफ्नो शिर ठाडो बनाउन सक्षम भएकोमा खुसी व्यक्त गर्दै धरहरा उठे पनि आफ्नो ओठमा गर्वको मुस्कान नभएको बताएकी छन् । धरहरा उद्घाटनपछि उनले फेसबुकमा लेखेकी छन्, ‘धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशबासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?’
 
‘हरेक कोण कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने ? धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?’, उनले प्रश्न गरेकी छन् । अभिनेत्री मल्लले पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट विभिन्न विषयमा आफ्ना भनाईहरु राख्दै आएकी छन् । अहिले उनी नयाँ फिल्म ‘डाँडापारीको बर पिपल’ को छयांकनमा व्यस्त छिन् ।
 

Most Visited News (monthly)