Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौंमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सुरु

फिल्मीखबर, काठमाण्डौ, 2021/04/23
 
‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ (नाफ) शुक्रवारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको फेस्टिभलको परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । कपनको फैकामा रहेका कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गरेको फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ ।
 
परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन ‘नाफ’ ले सहयोग गर्ने विश्वास व्यक्त गरे । महोत्सवमा देखाइने फिल्मले अफ्रिकी मुलुकको भाषा तथा संस्कृति बुझ्न सघाउने उनको भनाई छ । नेपालको कला, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउन फेस्टिभलहरुको ठूलो भूमिका रहने भएकाले सरकारले यस विषयमा दूतावासहरुसँग छलफल गर्ने उनले आश्वासन दिए ।
 
यस महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले तीन दिने महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म एवम् संस्कृतिको बारेमा बहस हुने जानकारी दिइन् । उनका अनुसार, फेस्टिभलमा कोभिडले नेपाली र अफ्रिकी फिल्म बजारमा पारेको प्रभावबारे पनि कार्यशाला हुनेछ । फेस्टिभलका निर्देशक तथा संचारकर्मी डब्बु क्षत्रीले महोत्सवमा नेपालबाट ७ वटा फिल्म चयन भएको जानकारी दिए ।
Most Visited News (monthly)