Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कार्तिक र करणबीच ‘पानी बाराबार’ : यस्तो छ कारण

एजेन्सी, मुम्बई, 2021/04/28
 
केही दिनयता अभिनेता कार्तिक आर्यन र निर्माता करण जोहरबीचको मनमुटावको खबरले सिंगो बलिउड तातेको छ । फिल्म ‘दोस्ताना २’ को २० दिनको छायांकन गरेपछि कार्तिकले अचानक फिल्मबाट हात झिके । यसपछि धर्मा प्रोडक्सनले अब कार्तिक फिल्मको हिस्सा नरहेको भन्दै स्टेटमेन्ट जारी गर्‍यो । करणले भविष्यमा कार्तिकसँग काम नगर्ने समेत घोषणा गरेका छन् । 
 
तर, करण र कार्तिकबीच ‘पानी बाराबार’ हुनुको वास्तविक कारण भने खुल्न सकेको थिएन । सबैले आ-आफ्नो हिसाबले अड्कल काटेका थिए । बलिउड हंगामाको एक रिपोर्ट अनुसार, कार्तिकको अनप्रोफेसनल व्यवहारका कारण करण जोहर आजित भएका थिए । साथै, कार्तिकको अभिनेत्री जाह्नवी कपूरसँग ब्रेकअप हुनुलाई पनि उनीहरुको सम्बन्ध विग्रनुको मुख्य जड मानिएको छ । 
 
कार्तिकले सन् २०१९ मा ३ करोड भारुमा फिल्म ‘दोस्ताना २’ साइन गरेका थिए । तर, अहिले उनको मार्केट भ्यालू बढेर १० करोड भएको छ । सुरुवातमा उनले आफ्नो पारिश्रमिक बढाउन करणसँग आग्रह गरेका थिए । तर, यसका लागि करण राजी भएनन् । बरु, उनले यसको भरपाई गर्ने भन्दै फिल्म ‘मिस्टर लेले’ अफर गरे । कार्तिकलाई पनि करणले देखाएको प्रलोभनले लोभ्यायो ।
 
तर, उनी तब चकित भए जब करणले ‘मिस्टर लेले’ मा विकी कौशललाई साइन गराए । यो कुराले कार्तिक धर्मा प्रोडक्सनसँग रुष्ट भएका थिए । यसपछि करणले उनलाई अर्को फिल्म अफर गरे, जुन क्रिकेटमा आधारित थियो । तर, यसपटक उनी करणको बोलीमा फसेनन् । उनले एक कन्ट्रयाक साइन गर्न प्रस्ताव राखे । यी र यीनै कुराले उनीहरुबीच मनमुटाव भएको बताइएको छ ।
Most Visited News (monthly)