Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३० करोडमा खिचिएको थियो ‘बाहुबली २’ को क्लाइमेक्स

एजेन्सी, मुम्बई, 2021/04/29
 
साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘बाहुबली २’ रिलिजको ४ वर्ष पूरा भएको छ । २०१७ अप्रिल २८ मा विश्वभर एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दिन नै एक सय एक्काइस करोड छापेको थियो । एसएस राजामौली निर्देशित फिल्मको लाइफटाइम कलेक्सन भारु १८ सय करोड थियो । फिल्ममा प्रभासको अभिनय र एक्सनलाई दर्शकले निकै रुचाएका थिए ।
 
आइएमडिवीका अनुसार, प्रभासले यो फिल्मका लागि आफ्नो ‘म्यारिज प्लान’ समेत पोस्टपोन्ड गरेका थिए । उनले अभिनेत्री अनुष्का शेट्टीसँग बिहे गर्न लागेको चर्चा चलेको थियो । तर, फिल्मका लागि उनले विवाह सारे । उनले ‘बाहुबली’ को दुई सिरिजका लागि ५ वर्षसम्म समय दिएका थिए । त्यही त्याग र मिहिनेतले आज उनी साउथका सबैभन्दा विकाउ अभिनेता बनेका छन् । 
 
‘बाहुबली २’ को सबभन्दा बढी क्लाइमेक्सको चर्चा भएको थियो, जुन खिच्न ३० करोड लागेको बताइएको छ । २ सय ५० करोडमा निर्माण भएको फिल्ममा राणा डग्गुवती, अनुष्का शेट्टी, रमैया कृष्णन, तमन्ना पनि मुख्य भूमिकामा थिए । फिल्ममा शिवगामीको भूमिका पहिला स्वर्गीय श्रीदेवीलाई अफर गरिएको थियो । तर, उनले मोटो रकम मागेपछि यो रोल रमैयालाई मिलेको थियो । 
Most Visited News (monthly)