Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटरीनाका कारण चम्किएकी हुन् दीपिका !

एजेन्सी, मुम्बई, 2021/05/03
 
अभिनेत्री कटरीना कैफले बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छन् । २००३ मा प्रदर्शन भएको फिल्म ‘बोम’ बाट अभिनय करिअर सुरु गरेकी उनको अभिनय र नृत्यको सधैं प्रशंसा हुने गरेको छ । बलिउडकी महंगी अभिनेत्री समेत रहेकी उनको खातामा कयौं हिट फिल्म छन् । उनले केही ब्लकबस्टर फिल्म पनि छाडेकी छन्, जसमध्ये प्रायः दीपिका पादुकोणले गरेकी छन् ।
 
चेन्‍नई एक्‍सप्रेस
 
फिल्‍ममा शाहरुख खानको अपोजिटमा दीपिका पादुकोण देखिएकी थिइन् तर यो रोलका लागि पहिलो रोजाई कटरीना कैफ थिइन् । यो फिल्म रिलिजपछि दीपिकाको करिअरले नयाँ उचाई पाएको थियो । भारतीय मिडियाको रिपोर्ट अनुसार, कटरीनाले भाषा र उच्चारणका कारण फिल्म गर्न अस्वीकार गरेकी थिइन् । ‘चेन्‍नई एक्‍सप्रेस’ ले बक्सअफिसमा तीन सय करोड छापेको थियो ।
 
बाजीराव मस्‍तानी
 
धेरैलाई विश्वास नलाग्न सक्छ कि जुन रोल दीपिका पादुकोणले जीवन्त रुपमा निभाएका थिइन्, त्यो पहिला अभिनेत्री कटरीना कैफलाई अफर भएको थियो । तर, उनले आफूभन्दा उमेरले कान्छा अभिनेता (रणवीर सिंह) सँग रोमान्स नगर्ने भन्दै फिल्म छाडेकी थिइन् । उनले फिल्म गर्न नमानेपछि निर्देशक सञ्जय लीला भन्सालीले दीपिकालाई मस्‍तानीको रोल अप्रोच गरेका थिए । 
 
राम लीला
 
यो फिल्मले अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको करिअर उत्कर्षमा पुर्‍याएको थियो । फिल्ममा दीपिकाले लीलाको भूमिका निर्वाह गरेकी थिइन्, जुन रोल सबैभन्दा पहिला कटरीना कैफलाई अफर भएको थियो । तर, सय करोड कमाउन सफल यो फिल्म पनि उनले छाडेकी थिइन् । यही फिल्मको सेटबाट दीपिका र रणवीर अफेयरमा रहेको खबर बाहिरिएको थियो ।
 
ये जवानी है दीवानी
 
दीपिकाको करिअरको सफल फिल्ममध्ये एक हो, ‘ये जवानी है दीवानी’ । यो फिल्ममा उनको जोडी रणवीर कपूरसँग बाँधिएको थियो । फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, यो फिल्म पनि कटरीनाले अस्वीकार गरेपछि दीपिकाको हातमा परेको थियो । कटरीनाले निकै सोच-विचार गरेर फिल्म नगर्ने निर्णय लिएकी थिइन् । पछि फिल्म हिट भयो ।
Most Visited News (monthly)