Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगनाले किन नकारेकी थिइन् ‘द डर्टी पिक्चर’ ?

एजेन्सी, मुम्बई, 2021/05/02
 
बलिउड अभिनेत्री कंगना रनावतले सुपरहिट फिल्म ‘द डर्टी पिक्चर’ लाई लिएर ठूलो खुलासा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले यो फिल्ममा एक एडल्ट स्टार सिल्कको भूमिका अभिनेत्री विद्या बालनभन्दा पहिला आफूलाई प्रस्ताव भएको तर समय व्यस्तताका कारण काम गर्न नसकेको बताएकी छन् । तर, यो फिल्म नगरेकोमा आफूलाई अपसोस नभएको उनको भनाई छ ।
 
उनले भनेकी छन्, ‘म सधैं भन्छु कि ‘द डर्टी पिक्चर’ एकदमै राम्रो फिल्म थियो । मैले विद्या बालनभन्दा राम्रोसँग त्यो चरित्र निर्वाह गर्नै सक्दिन थिएँ । फिल्ममा उनको अभिनय अद्भुत थियो । तर, मैले फिल्ममा पोटेन्सियल देखिनँ । फिल्ममा मैले सम्भावना देख्न नसकेको कुनै अपसोस छैन ।’ अभिनेत्री विद्या बालनले यो फिल्ममा गरेको अभिनयबाट नेशनल अवार्ड समेत प्राप्त गरेकी थिइन् । 
 
कंगना अगाडि भन्छिन्, ‘मैले कहिल्यै राजकुमार हिरानी, सञ्जय लीला भंसाली, धर्मा प्रोडक्शन, वाईआरएफ वा अन्य खान फिल्म्समध्ये कसैको कन्वेन्शनल फिल्म गरिनँ । तर पनि आज म बलिउडको टप लिडिङ एक्ट्रेस हुँ, जसले आफ्नै मिहिनेतले नाम कमाएको हो ।’ कंगनाले हालै बलिउड इन्डस्ट्रीमा १५ वर्ष पूरा गरेकी छन् । उनले फिल्म ‘ग्यांगस्टार’ बाट डेब्यू गरेकी थिइन् । 
Most Visited News (monthly)