Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

११ वर्षको हुँदासम्म मलाई मानिसले केटी ठान्थे : द रक

एजेन्सी, अमेरिका, 2021/05/04
 
हलिउड अभिनेता तथा पूर्व डब्लूडब्लूइ रेसलर ड्वेन जोनसन ‘द रक’ उपनामले परिचित छन् । उनलाई यो नाम रेसलिङका दुनियाँमा आफ्नो पावरफुल पर्सनालिटी र उपलब्धिका कारण मिलेको हो । रेसलिङबाट नाम कमाएका उनले फिल्ममा आफ्नो अभिनय क्षमता पनि देखाइसकेका छन् । तर, बाल्यकालमा आफूलाई मानिसहरुले केटी ठान्ने गरेको उनले खुलासा गरेका छन् ।
 
ड्वेनले एक अन्तर्वार्तामा आफ्नो जेन्डरलाई लिएर मानिसमा भएको गलत धारणाबारे खुलासा गरेका हुन् । सन्डे टूडेसँग कुराकानी गर्दै आफूलाई बाल्यकालमा मानिसले केटी सम्झने गरेको उनको भनाई छ । उनले भनेका छन्, ‘जब म ११ वर्षको थिएँ, तब मानिसहरुले मलाई केटी सम्झने गर्थे । यो यसकारण कि मेरो फिचर्स निकै सफ्ट र कपालको टेक्सचर पनि सफ्ट एफ्रो थियो ।’
 
उनले एक घटना सम्झँदै भनेका छन्, ‘म एक बच्चाको छेउमा बसेको थिएँ र ६० सेकेन्डपछि त्यो बच्चाले मलाई ‘तपाईं केटा हो कि केटी ?’ हो भनेर सोध्यो ।’ उनले टम ह्याक्सको फिल्म ‘फरेस्ट गम्प’ सँग आफूलाई रिलेट गर्दै आफ्नो बल्यकालदेखि टिनेजसम्मको ग्रोथ अवधि फिल्म जस्तै रहेको बताएका छन् । पिता रेसलर भएकाले आफ्नो बाल्यकाल उता-यता घुम्दै वितेको उनी बताउँछन् । 
Most Visited News (monthly)