Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निफमा अनुराग कश्यपले आफ्नो अनुभव बाँड्ने

फिल्मीखबर, काठमाडौं, 2021/05/04
 
यही बैशाख २३ गतेदेखि २७ गतेसम्म अनलाइनको माध्यमबाट हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिने भएका छन् । उद्घाटनपछिको पहिलो सेसनमा उनले दिउँसो ३:३० बाट ४:३० सम्म नेपाली फिल्मकर्मी र दर्शकलाई फिल्म सम्बन्धि आफ्नो अनुभव बाँड्ने निफद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 
फरक धारका फिल्म निर्माणमा आफ्नो बेग्लै पहिचान बनाएका अनुरागले लेखकको रुपमा करिअर सुरु गरेका थिए । फिल्म ‘पाँच’ बाट निर्देशनमा होमिएका उनलाई फिल्म ‘ग्याङ्स अफ वासेपुर’ ले चर्चामा ल्याएको थियो । यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्म निर्देशन गरे । उनले ‘एके भर्सेस एके, आइ एम, अकिरा’ लगायतमा फिल्म अभिनय पनि गरेका छन् ।
 
यसपटक महोत्सवमा सहभागी फिल्महरु नेट टेलिभिजन र फेस्टिभलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने निफ अध्यक्ष केपी पाठकले बताए । ‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवमा यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइने र अवार्ड पनि वितरण गरिने उनको भनाई छ ।
Most Visited News (monthly)