Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कोरोना कहरबीच अमेरिका उड्यो थापा परिवार

फिल्मीखबर, काठमाडौं, 2021/05/05
 
नेपालमा कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि काठमाडौंसहित विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । बुधबार मध्यरातदेखि सरकारले अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । जसका कारण केही दिनदेखि त्रिभुवन विमानस्थलमा स्वदेश फर्किने पर्यटकहरुको भीडभाड देखिएको छ भने कामको शिलशिलामा विदेश जाने नेपालीहरुको पनि ठूलो लर्को छ ।
 
गत वर्षको फागुन पहिलो साता २ महिना अमेरिका बसेर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनका लागि नेपाल फर्किएका अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिल कुमार थापा कोरोना कहरका बीच फेरि अमेरिका प्रस्थान गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि थापा परिवार हतारमा मंगलवार अमेरिकातर्फ लागेको हो । 
 
सुहानाले अमेरिकाको कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी छन् । फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि उनी अमेरिकामै बसेर अध्ययन गरिरहेकी थिइन् । ‘ए मेरो हजुर ३’ बाट फिल्मी करिअर सुरु गरेकी उनले अहिले अभिनयसँगै अध्ययनलाई पनि एकसाथ अगाडि बढाइरहेकी छिन् । ‘ए मेरो हजुर ४’ को छायांकन सकिएका कारण थापा परिवार अब केही महिना अमेरिकामै बस्नेछन् ।
 
डेब्यू फिल्मबाटै सफलता स्वाद चाखेकी सुहानालाई बाहिरी ब्यानरका फिल्मबाट पनि अफर आइरहेको छ । तर, उनी तत्काल होम प्रोडक्सनभन्दा बाहिरको फिल्म गर्ने सोचमा छैनन् । ‘ए मेरो हजुर ४’ रिलिजपछि उनले आमा झरना थापाले नै निर्देशन गर्ने फिल्म ‘भागवत गीता’ मा अभिनयमा गर्नेछिन् । यसमा पनि उनको जोडी अभिनेता अनमोल केसीसँग बाँधिने प्रवल सम्भावना छ ।
Most Visited News (monthly)