Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा राउतलाई कोरोना संक्रमण

फिल्मीखबर, काठमाडौं, 2021/05/09
 
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ । नयाँ भेरियन्टको संक्रमण फैलिएसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्दो छ । एक दिनमै ९ हजारभन्दा बढी संक्रमित र ५० जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् । कति अस्पतालमा बिरामीलाई उपचार गर्नका लागि शय्या समेत छैन ।
 
आम मानिससँगै कोरोना संक्रमणको चपेटामा नेपाली कलाकारहरु पनि परिरहेका छन् । हास्य कलाकार हरिवंश आचार्य, निर्माता नरेन्द्र महर्जन, अभिनेत्री सरिता लमिछाने, निर्देशक ऋषि लामिछाने लगायत कोभिड पोजेटिभ देखिएपछि स्वास्थ्य लाभ गरिरहेका छन् । सरकारले निषेधाज्ञा जारी गरेपछि घरमै सीमित रहेकी अभिनेत्री वर्षा राउतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 
 
शनिवार सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएकी हुन् । उनले स्वाद, गन्ध हराएको र रुघा खोकीबाहेक आफ्नो स्वास्थ्यमा अरु समस्या नभएको उल्लेख गरेकी छन् । उनले चाँडै निको भएर सामान्य जीवनमा फर्किने आफ्ना शुभचिन्तकहरुलाई विश्वास दिलाएकी छन्  । अहिले उनी होम क्वारेन्टिनमा छिन् ।
 
 
लकडाउनभन्दा अगाडि फिल्म ‘दुई नम्बरी’ को छायांकनमा व्यस्त रहेकी वर्षाले लकडाउनपछि केही म्यूजिक भिडियोमा काम गरिन् । तर, उनले साइन गरेका फिल्मको भने काम सुरु हुन सकेन । ‘दुई नम्बरी’ को बाँकी छायांकन आउँदो भदौबाट सुरु हुने बताइएको छ । अर्को फिल्म ‘के घर के डेरा’ को छायांकन अन्योलमा छ । यीबाहेक उनले अरु फिल्म साइन गरेकी छैनन् । 
Most Visited News (monthly)