Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अक्सिजन किन्न श्वेता र विजयन्द्रको सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/07
 
कोरोनाका बिरामीको चाप बढ्न थालेपछि देशभरका अस्पतालमा अक्सिजनको खपत बढेको छ भने आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितले अक्सिजनको अभावमा अस्पतालको शय्यामा छट्पटाउनु परेको छ । यतिबेला अक्सिजनभन्दा सिलिन्डरको चर्को अभाव देखिएको छ । यस्तो अवस्थामा नेपाली कलाकारहरुले सहयोगी हात अगाडि आउन थालेका छन् । 
 
अभिनेता पल शाहले केही दिनदेखि अक्सिजनका सिलिन्डर संकलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका छन् । यसका लागि उनी आफैं फिल्डमा खटिएका छन् । उनले अक्सिजन खरिदका लागि हाम्रो टिम नेपाललाई २ लाख सहयोग पनि गरेका छन् । निखिल उप्रेतीसहितको समुहले पनि अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।
 
यसैक्रममा, अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेका छन् । निःशुल्क खाना वितरण र कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन जुटाउन यो जोडीले ५० हजार सहयोग गरेको हो । उनले मानवीय सहयोगको अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।
 

Most Visited News (monthly)