.jpg)
नेपालमा कोरोना महामारी भयावह रुपमा फैलिन थालेपछि सामाजिक सञ्जालमा विभिन्न खाले समाचार तथा तथ्यहरु प्रवाह भइरहेका छन् । कोरोना सम्बन्धि सूचनामा कति सत्यता हुन्छन् भने बढीजसो भ्रमपूर्ण र त्रास फैलाउने खालका हुने गरेका छन् । जसले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास फैलाएको छ । यसले मानसिक रुपमा कमजोर बनाउने चिकित्सकहरुको भनाई छ ।
अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जालमा कोभिडबाट मुत्यु भएकाहरुको फोटो राखेर श्रद्धाञ्जली दिन होडबाजी नगर्न आग्रह गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘कोरोना संक्रमित भएर हस्पिटलमा जीवनको लडाईं लडिरहेका र होम आइसोलेशनमा बसेकाहरु पनि सामाजिक सञ्जाल चलाइरहेका हुन्छन् । उहाँहरुको हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन् ।’
.jpg)
कोरोनालाई जितेर आएकालाई घर र समाजमा स्वागत गर्न उनको आग्रह छ । उनी अगाडि लेख्छिन्, ‘कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ ।’ श्वेता र उनका श्रीमान विजयन्द्र सिंह रावतले शुक्रवार निःशुल्क खाना वितरण र कोरोनाका बिरामीका लागि निःशुल्क अक्सिजनको व्यवस्थापन गर्न हाम्रो टिम नेपाललाई ५० हजार नगद सहयोग गरेका थिए ।

