Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.17/5.00)
Text size:-
+
-

सूर्याको फिल्मले बनायो रेकर्ड

एजेन्सी, मुम्बई, 2021/05/19
 
सन् २०२० मा रिलिज भएको साउथ सुपरस्टार सूर्या अभिनीत फिल्म ‘सोरारई पोटरु’ (उडान) लाई दर्शकको तर्फबाट सानदार प्रतिक्रिया मिलेको थियो । फिल्ममा नीदुमारनको भूमिका निर्वाह गरेर सूर्याले दर्शकमाझ आफ्नो जादू छर्न सफल भएका थिए । यो फिल्म आर्मीबाट रिटायर्ड क्याप्टेन गोपीनाथको जीवनमा आधारित छ । फिल्म अस्कारको केही विधामा समेत चुनिएको थियो ।
 
सूर्याको यो फिल्मले रिलिजसँगै वर्ल्ड रेकर्ड बनाएको छ । ‘सोरारई पोटरु’ आइएमडिबीमा सबैभन्दा बढी रेटिङ पाउने तेस्रो फिल्म बन्न सफल भएको छ । फिल्मलाई १० मा ९.१ रेटिङ मिलेको छ । फिल्मले ‘दि सशांक रिडेम्सन’ (९.२) र ‘गडफादर’ (९.१) पछि तेस्रो स्थान हासिल गरेको हो । फिल्मका निर्देशक सुधा कोन्गरा हुन् । यो फिल्म बनाउन उनलाई २ वर्षको समय लागेको थियो । 
 
अमेजन प्राइम भिडियोमा रिलिज भएको फिल्ममा परेश रावल र अपर्णा बालमुरली, मोहन बाबू, उर्वशीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । आम मानिसलाई एकदमै कम शुल्कमा हवाई सेवा दिने सपना बोकेर हिँडेको एक भारतीय वायूसेवाका रिटायर्ड क्याप्टेनको कथा फिल्मले वाचन गरेको छ । तमिल भाषामा निर्माण भएको फिल्मको हिन्दी भर्सन पनि अमेजनमा उपलब्ध छ ।
Most Visited News (monthly)