Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धुर्मुसले गरे अस्पताललाई अक्सिजन सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/18
 
कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालमा अक्सिजनको हाहाकार भएपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् । 
 
महामारीको समयमा मानवता ठूलो रहेकाले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई अक्सिजन सहयोग गरेको धुर्मुसले बताएका छन् । देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै उनी बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजनामा समेत छन् । उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह गरेका छन् ।
 
धुर्मुस-सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको कलाकार कट्टेलले फेसबुकमार्फत् जानकारी दिएका छन् । 
 
२०७२ सालमा गएको विनाशकारी महाभूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका सिताराम केही वर्षदेखि भरतपुर चितवनमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि दिनरात नभनि खटेका छन् । २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ बाट अभिनयमा कमब्याक गरेका उनी रंगशाला निर्माणपछि अभिनयलाई निरन्तरता दिने सोचमा छन् ।
 

Most Visited News (monthly)