Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6847 - 6852 of 23775
एजेन्सी, मुम्बई, 2021-05-17, सोमवार

कोरोना भाइरसको दोस्रो लहर र महाराष्ट्रमा लागेको लकडाउनका कारण अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन अनिश्चितकालका लागि रोकिँदा निर्माताले हरेक दिन तीन लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ । अब फिल्मको तीन दिनको मात्र छायांकन बाँकी छ, जुन आलियामाथि फिल्मांकन गरिएको एक गीतको ब्याकग्राउन्डको हिस्सा हो ।

फिल्मीखबर, काठमाडौं, 2021-05-17, सोमवार

सतर्कता र सावधानी नअपनाउँदा कोरोनाको दोस्रो लहर समुदायमा फैलिएको छ । यद्यपि, केही दिनयता कोरोनाबाट निको हुनेको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । कोरोना नियन्त्रणमा निषेधाज्ञाले पनि धेरै हदसम्म काम गरेको देखिन्छ । यतिबेला देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् भने अक्सिजन ग्यासको हाहाकार छ ।

फिल्मीखबर, काठमाडौं, 2021-05-17, सोमवार

नेपाली फिल्ममा प्रायः भिलेनको भूमिकामा निर्वाह गर्दै आएका रोबिन तामाङ हिन्दी सिरिजमा पनि देखिएका छन् । उनले अभिनय गरेको हिन्दी सिरिज ‘द लास्ट आवर’ शुक्रवारबाट ओटीटी प्लेटफर्ममा प्रिमियर भएको छ । ‘पे पर भ्यू’ मार्फत् अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा छन् । उनलाई सिरिजको ट्रेलरमा भने स्थान दिइएको थिएन ।

एजेन्सी, मुम्बई, 2021-05-16, आईतवार

अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ इदको छेको पारेर बिहीवारबाट सिनेमा हलसँगै ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज भएको छ । फिल्मले रिलिजको पहिलो दिन नै ४.२ मिलियन भ्यूजको इतिहास बनाएको छ । एकातिर सलमान यो उपलब्धिबाट हर्षित छन् भने अर्कोतिर फिल्म अनलाइनमा पाइरेसी भएपछि तनावमा पनि देखिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-05-16, आईतवार

कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच नहुने र आर्थिक अवस्था कमजोर हुने कोरोनाका बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-05-16, आईतवार

फिल्म निर्देशक, गीतकार तथा उपन्यासकार चेतन कार्कीको निधन भएको छ । आइतवार काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो । बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।​ उनको आइतवार विहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Results : 6847 - 6852 of 23775
Most Visited News (monthly)