Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्सिजन जुटाउन महावीर पुनलाई नाजिरको सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/05/19
 
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोनाको साङ्लो चुँडाल्न प्रायः जिल्लामा निषेधाज्ञा लगाइए पनि संक्रमण दर अझै उच्च छ । हरेक दिन ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । मृत्यु हुनेको संख्या पनि बढ्दो छ । यतिबेला देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् भने अक्सिजन ग्यासको चरम अभाव छ ।
 
अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेकाहरूको जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले सहयोगी हात अगाडि बढाएका छन् । पल शाह, राजाराम पौडेल, पुष्प खड्का, श्वेता खड्का लगायतका फिल्मकर्मीले अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । पल शाह त कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन आफैं फिल्डमा खटिएका छन् । 
 
यसैक्रममा, अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । उनले मंगलवार नेपाली बैज्ञानिक महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख नगद सहयोग गरेका हुन् । यो संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
 
सहयोग हस्तान्तरणपछि नाजिरले भनेका छन्, ‘दर्शककै साथ र मायाले आज म यहाँसम्म आइपुगेको हुँ । आज उहाँहरुलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ । कोरोना महामारीको समयमा हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ । मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कसैको जीवन बच्न मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु ।’ 
Most Visited News (monthly)