Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलमान भन्छन्, ‘फिल्म फ्लप भए अझै मिहिनेत गर्छु’

एजेन्सी, मुम्बई, 2021/05/18
 
सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ इदको अवसर पारेर रिलिज भइसकेको छ । मे १३ तारिखबाट ओटीटी प्लेटफर्म र सिनेमा घरमा फिल्म रिलिज भएको हो । फिल्मलाई लिएर विभिन्न खाले प्रतिक्रिया आएका छन् । समीक्षकले फिल्मलाई झुर भनेका छन् भने कहानीमाथि अनेकौं प्रश्न उठाएका छन् । सलमानका फ्यानलाई भने फिल्म निकै मन परेको छ । 
 
फिल्मलाई लिएर भइरहेको आलोचनाबारे सलमानले एक अन्तर्वार्तामा भनेका छन्, ‘कुन फिल्म चल्छ ? कुन फ्लप हुन्छ ? मानिसहरु यसलाई ९/५ को जागिरको रुपमा हेर्छन् । तर, मैले यसलाई २४ सै घन्टाको जागिरको रुपमा लिएको छु । यदी फिल्म फ्लप हुन्छ भने म अरु मिहिनेत गर्छु । तपाईं रगत पसिना लगाएर काम गर्नुहुन्छ भने दर्शकले पनि तपाईंको मिहिनेत सम्झन्छन् ।’
 
५५ वर्षको उमेरमा गरेको काम आफूले १४/१५ वर्षको उमेरमा पनि नगरेको उनको भनाई छ । उनी अगाडि भन्छन्, ‘मेरो अगाडि टाइगर श्राफ जस्ता युवा पीढि छन् । वरुण धवन, रणवीर सिंह, टाइगर श्राफ र आयुष शर्मा जस्ता कलाकार आउँदै गर्दा मैले अझ बढी मिहिनेत गर्नुपर्छ ।’ प्रभु देवा निर्देशित फिल्ममा दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ लगायतको पनि अभिनय रहेको छ ।
Most Visited News (monthly)