Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षा लेख्छिन्, ‘नेतालाई पढाउने तालिम केन्द्रको लागि पनि बजेट छुट्याउनु पर्छ’

फिल्मीखबर, काठमाडौं, 2021/05/30
 
शनिवार नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गर्‍यो । बजेटमा फिल्म क्षेत्रका पनि केही विषय समेटिएका छन् । फिल्म उद्योगको नविकरण र इजाजत शुल्कमा छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको छ भने निषेधाज्ञाभर सिनेमा घरको विद्युत डिमाण्ड शुल्कमा समेत शतप्रतिशत छुट दिइने भएको छ ।
 
महामारी उत्कर्षमा रहँदा सार्वजनिक भएको बजेटमा फिल्म क्षेत्रका केही समस्या सम्बोधन भएकोमा फिल्मकर्मीले खुसी व्यक्त गरेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले बजेट सधैं राम्रो र आनन्द लाग्ने खालको आउने गरेको भन्दै यो पटकको झन् राम्रो र कर्णप्रिय लागेको बताएकी छन् । तर, बजेट भाषण सकिएपछि एक-अर्कालाई सत्तोसराप गर्ने प्रवृति रहेको उनको भनाई छ ।
 
उनले फेसबुकमा लेखेकी छन्, ‘नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन् । यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !’ जे कुरामा पनि नेताहरुबीच हुने किचलोले जनता हैरान भएको उनको धारणा छ । सरकारले प्रस्तुत गरेको २०७८/७९ को बजेटलाई लिएर केही राजनीति दलले असन्तुष्टि जनाएका छन् ।
 

Most Visited News (monthly)