Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजेटमा फिल्म क्षेत्र : के-के विषय समेटिए ?

फिल्मीखबर, काठमाडौं, 2021/05/29
 
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा फिल्म क्षेत्रले पनि प्राथमिकता पाएको छ । सरकारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर फिल्म क्षेत्रलाई विद्युत डिमाण्ड शुल्क छुट दिने घोषणा गरेको छ । शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा फिल्म उद्योगमा प्रयोग हुने सबै खालको सामाग्री वा यन्त्र भन्सार समेत छुट गरिएको छ ।
 
त्यस्तै, फिल्म क्षेत्रलाई आर्थिक वर्ष २०७८-७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्कमा छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको छ । कोरोना महामारीका बीच घोषणा भएको बजेटमा फिल्म क्षेत्रका केही समस्या सम्बोधन भएकोमा फिल्मकर्मीले खुसी व्यक्त गरेका छन् । केहीले भने यसपटकको बजेट पनि फिल्म क्षेत्रका लागि 'उत्साहजनक' नभएको गुनासो गरेका छन् ।
 
गत वर्षको बजेटमा भने सरकारले श्रमजीवी फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात गर्ने, काठमाडौं उपत्यकामा अत्याधुनिक स्टुडियो निर्माण गर्ने, मौलिक नेपाली फिल्म निर्माण गर्न प्रोत्साहित गर्ने, कलाकार संघको भवन निर्माण गर्न सहयोग र नेपाली फिल्मको प्रवर्द्धन तथा संरक्षण गर्न बजेट विनियोजन गरेको थियो ।
Most Visited News (monthly)