Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर माधवन : ८ कक्षामा भएका थिए फेल, बन्न चाहन्थे आर्मी

एजेन्सी, मुम्बई, 2021/06/01
 
बलिउडका प्रतिभाशाली अभिनेता आर माधवन ५० वर्षका भएका छन् । १ जून, १९७० मा जमशेदपुरमा उनको जन्म भएको हो । तमिल फेमिलीमा जन्मिएका उनको परिवारले पढाईलाई एकदमै महत्त्व दिने गरेको थियो । तर, उनलाई भने पढाईप्रति खासै रुची थिएन । पढाईमा कमजोर रहेका उनी आठ कक्षामा फेल भएका थिए । १० कक्षामा पनि उनलाई औषत अंक प्राप्त भएको थियो । 
 
फिजिक्स र म्याथ्समा निकै कम अंश आएका कारण उनले इन्जीनियरिङ भर्ना हुन पाएका थिएनन् । यद्यपि, निकै मिहिनेतपछि उनी कोल्हापुरको इन्जीनियरिङ कलेजमा भर्ना भए । उनले इलेक्ट्रोनिक्समा स्नातक गरेका छन् भने क्यानडामा कल्चरल एम्बेसडरको रुपमा भारतको प्रतिनिधित्व गरिसकेका छन् । आर माधवनले नेवी, आर्मी र एयरफोर्समा पनि तालिम लिएका छन् ।  
 
उनी खासमा आर्मीमा जान चाहन्थे । तर, ६ महिना उमेर नपुगेपछि उनको बाटो मोडियो । उनले अभिनय करिअर सुरु गर्न पर्सनालिटी डेभलपमेन्ट क्लास लिए । सन् २००० मा फिल्म ‘अलाई पयुथे’ बाट साउथ इन्डस्ट्रीमा भित्रिएका उनले सन् २००१ मा फिल्म ‘रहना है तेरे दिल में’ बाट बलिउडमा डेब्यू गरेका थिए । उनले पर्दामा अलग-अलग भूमिकामा अभिनय गरेका छन् । 
 
बलिउडमा उनले अहिलेसम्म ‘रहना है तेरे दिल में, रंग दे बसंती, रामजी लंदनवाले, १३बी, युवा, थ्री इडियट्स, तनु वेड्स मनु, तनु वेड्स मनु रिटर्न्स’ जस्ता धेरै फिल्ममा अभिनय गरेका छन् भने लगभग हरेक फिल्ममा उनको अभिनयको निकै तारिफ भएको छ । सन् १९९९ मा एयरहोस्टेस रहेकी सरिता बिरजेसँग प्रेम विवाह गरेका आर माधवनको एक छोरा छन्, जसको नाम बेदान्त हो । 
Most Visited News (monthly)