Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जरीन भन्छिन्, ‘रिहर्सलको बहानामा किस गर्ने कोशिश गरिएको थियो’

एजेन्सी, मुम्बई, 2021/06/02
 
फिल्म इन्डस्ट्रीमा कास्टिङ काउचको घटना नयाँ होइन । कयौं निर्देशक, निर्माता तथा अभिनेतामाथि यौन शोषणको आरोप लागिसकेको छ । हालै अभिनेत्री जरीन खानले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी छन् । प्रायः आफ्नो फिटनेशलाई लिएर चर्चामा आउने गरेकी उनले रिहर्सलको बहानामा एक जना व्यक्तिले किस गर्ने कोशिश गरेको बताएकी हुन् । 
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म ती व्यक्तिको नाम लिन चाहन्नँ तर एक सिनको रिहर्सल गर्ने बहानामा किस गर्न खोजेका थिए । अर्का एक व्यक्तिले मलाई सम्झाउँदै आफ्नो हिचकिचाहट छाड्न आग्रह गरे । त्यसबेला म नयाँ थिएँ, यसकारण मलाई यो ठिकै लाग्यो ।’ जरीनले कास्टिङ काउचको मात्र सामना गरेकी छैनन्, उनको वजनलाई लिएर पनि निकै मजाक उडाइएको थिए ।
 
उनी अगाडि भन्छिन्, ‘जब म इन्डस्ट्रीमा आए तब मानिसहरुले मलाई कटरीना कैफको डुब्लिकेट भन्थे । मलाई वास्तवमै थाहा थिएन कि यो कुरा आखिर कहाँबाट आयो ! हामी सबै न्यूजपेपर र मीडिया हाउसमा निर्भर छौं । मानिसहरुलाई मौका नै मिलेन कि मलाई जान्न र मेरो प्रतिभा चिन्न । हाम्रा दर्शकहरु पनि अजीबका छन् । उनीहरुलाई जे देखाइन्छ, त्यसैमा विश्वास गर्छन् ।’
 
जरीनले सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘वीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । यसपछि उनले ‘हाउसफुल २, हेट स्टोरी २, वजह तुम हो, अक्सर २, १९२१’ लगायतका फिल्ममा काम गरिसकेकी छन् । उनी पछिल्लो पटक ‘हम भी अकेले तुम भी अकेले’ मा देखिएकी थिइन् । बोल्ड अभिनेत्रीको छवि बनाएकी जरीन खान बलिउडमा आफूलाई स्थापित गर्न संघर्षरत छिन् ।
Most Visited News (monthly)