Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उरी’ निर्देशकसँग यामीले कसिन् लगनगाँठो

एजेन्सी, मुम्बई, 2021/06/05
 
अभिनेत्री यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले निर्देशक आदित्य धरसँग शुक्रवार लगनगाँठो कसेकी हुन् । यामी र आदित्यले सामाजिक सञ्जालको माध्यमबाट आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो । 
 
सन् २०१९ मा रिलिज भएको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ लाई आदित्य धरले निर्देशन गरेका हुन् । यसमा यामीको सहायक भूमिका थियो । यही फिल्मको छायांकनको समयदेखि उनीहरु एकअर्काको प्रेममा डुबेका थिए । यो फिल्मबाट आदित्यले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारेका छन् । भारतीय सेनाले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइकमा फिल्म आधारित थियो ।
 
हिमाचल प्रदेशको बिलासपुरमा २८ नोभेम्बर १९९८ मा जन्मिएकी यामीले मोडलको रुपमा करिअरको सुरुवात गरेकी थिइन् । पहिलो पटक फेयर एन्ड लवलीको विज्ञापनमा काम गरेकी उनले यसपछि टिभी सीरियल ‘चान्द के पार चलो’ मा अभिनय गरिन् । फिल्ममा भने उनले ‘विक्की डोनर’ बाट डेब्यू गरेकी थिइन् । उनले ‘काबिल, बाला’ लगायतका फिल्ममा काम गरिसकेकी छन् ।
Most Visited News (monthly)