Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

‘पुष्पा’ दुई पार्टमा रिलिज हुने, अल्लू अर्जुनलाई डबल पारिश्रमिक

एजेन्सी, मुम्बई, 2021/06/06
 
साउथका स्टाइलिस स्टार अल्लू अर्जुन अभिनीत नयाँ फिल्म ‘पुष्पा’ लामो समयदेखि चर्चामा छ । कहिले फिल्मको कथावस्तुलाई लिएर त कहिले स्टार कास्टका कारण । फिल्मको धमाकेदार टिजर समेत रिलिज भइसकेको छ । यसबीच, फिल्मका मेकरले ठूलो घोषणा गरेका छन् । अब फिल्मलाई दुई पार्टमा रिलिज गरिने भएको छ र दोस्रो पार्टको पनि छायांकन पूरा भइसकेको छ ।  
 
फिल्मलाई दुई पार्टमा रिलिज गर्ने फैसलासँगै निर्माताले अल्लू अर्जुनको पारिश्रमिक पनि डबल बनाएका छन् । अनलाइन पोर्टल कोइमोइको एक रिपोर्ट अनुसार, पहिला यो फिल्ममा काम गर्नका लागि उनले भारतीय ३० करोड पारिश्रमिक पाएका थिए । अब निर्माताले उनलाई ३० करोड थपेका छन् । अर्थात्, ‘पुष्पा’ को दुई पार्टका लागि उनले ६० करोड पारिश्रमिक हात पारेका छन् ।
 
‘पुष्पा’ अल्लू अर्जुनको पेन इन्डिया प्रोजेक्ट हो । यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालममा रिलिज हुनेछ । फिल्मको सुरुवाती रिलिज डेट १३ अगस्टलाई घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज हुन पाएन । फिल्ममा अल्लूका साथै रश्मिका मन्दाना, फहाद फासिल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् ।
Most Visited News (monthly)