Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा आउनुभन्दा अगाडि ८६ केजी थिइन् सोनम

एजेन्सी, मुम्बई, 2021/06/09
 
बलिउड स्टार सोनम कपूरको गिन्ती ती अभिनेत्रीमा हुन्छ, जसले डेब्यू फिल्ममा असफलता भोगे पनि पछि सफलताको सिढी चढे । ९ जून १९८५ मा अनिल कपूर र सुनीताको कोखबाट जन्मिएकी उनले सञ्जय लीला भंसालीको फिल्म ‘सांवरिया’ बाट आफ्नो करिअर सुरुवात गरेकी थिइन् । यो फिल्म २००७ मा रिलिज भएको थियो । यसका लागि उनले ३० केजी तौल घटाएकी थिइन् । 
 
सिंगापुरमा अभिनयको कोर्ष गरेपछि भारत फर्किने समयमा भने उनको वजन ८६ केजी थियो । अभिनयमा आउनुभन्दा अगाडि सोनमले सञ्जय लीला भंसालीको असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेकी थिइन् । त्यसै बेला भंसालीले उनलाई ‘सांवरिया’ मा कास्ट गरेका थिए । २०१० मा प्रदर्शित ‘आई हेट लभ स्टोरी’ को सफलतापछि भने उनलाई बलिउडमा पहिचान मिलेको थियो । 
 
सन् २०१३ मा उनी अभिनीत फिल्म ‘रांझणा’ र ‘भाग मिल्खा भाग’ लाई दर्शकले निकै रुचाएका थिए । उनले अहिलेसम्म ‘प्लेयर्स’, ‘खूबसूरत’, ‘आयशा’, ‘थ्यांक यू’, ‘बेवकूफिया’,‘डली की डोली’, ‘प्रेम रतन धन पायो’, ‘नीरजा’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । सन् २०१८ मा विजनेशम्यान आनन्द आहूजासँग विवाह गरेकी सोनम कपूरलाई बलिउडको फेसन डिभा समेत भन्ने गरिन्छ ।
Most Visited News (monthly)