Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुको सिउँदोमा सिन्दूर, सविनसँग भएको हो बिहे ?

फिल्मीखबर, काठमाडौं, 2021/06/21
अभिनेत्री अनु शाह अचेल फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा छिन् । एक दर्जन बढी फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनी लामो समयदेखि अभिनेता सविन श्रेष्ठको प्रेममा छिन् । ‘लक्ष्य र आधी बाटो’ फिल्ममा एकसाथ काम गरेका उनीहरुले तीन वर्ष अगाडि ‘कोर्ट म्यारिज’ गरेको चर्चा पनि चलेको थियो । तर, दुवैले यसलाई अफवाह भनेका थिए ।
 
अनुले आफ्नो जीवनमा सविनलाई कति महत्त्व दिएकी छन् भन्ने कुरा उनले आफ्नो गर्धनमा खोपाएको सविनको नामको ट्याटुले पनि बयान गर्छ । उनले चलाउने सामाजिक सञ्जाल पनि सविनमय छ । उनले सविनसँग थुप्रै रोमान्टिक टिकटक भिडियोहरु बनाएकी छन् । दर्शकले पनि यो जोडीलाई निकै रुचाउने गरेका छन् । उनीहरुलाई फेरि फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ ।
 
निषेधाज्ञाको समयमा सविनले अनुको घरमै गएर आधा दर्जन बढी भ्लग बनाए । अनुका लागि मःम किनेर लगेकोदेखि उनलाई गाडी सिकाएको भिडियोसम्म सविनले आफ्नो यूट्युब च्यानलमा राखेका छन् । भिडियोमा देखिएको उनीहरुको एक-अर्काप्रतिको प्रेम र नोकझोकलाई दर्शकले हदै मन पराएका छन् । कतिपयले त उनीहरु प्रेम सम्बन्धमा रहेको कुरा बल्ल थाहा पाएका छन् ।
 
 
दर्शकहरुले सविन र अनुलाई विवाहका लागि आग्रह गरिरहँदा अनुले आइतवार टिकटकमा राखेको एउटा भिडियोले भने धेरै सरप्राइज भएका छन् । सेतो रंगको कुर्थामा उनले ‘को होला त्यो ?’ बोलको फिमेल भर्सनको गीतमा टिकटक बनाएकी छन्, जसमा उनको सिउँदोमा स्पष्ट रुपमा सिन्दूर देख्न सकिन्छ । सिउँदोमा सिन्दूर लगाउनु महिलाको विवाह भएको प्रमाण मानिन्छ । 
 
अनुको सिउँदोमा सिन्दूर देखेपछि केही दर्शकले कहिले विवाह गरेको भनेर सोधेका छन् भने केहीले बैबाहिक जीवनको शुभकामना दिएका छन् । उनले भने कुनै जवाफ फर्काएकी छैनन् । उनले यो टिकटक निषेधाज्ञाभन्दा अगाडि म्यूजिक भिडियामा काम गर्ने समयमा बनाएको बहाना बनाउन पनि सक्छिन् । तर, उनले हिजोआज नै सिन्दूरले सिउँदो भरेर टिकटक भिडियो बनाएकी हुन् । किनकि, ‘को होला त्यो ?’ गीतको फिमेल भर्सन (अडियो) यूट्युबमा रिलिज भएको एक महिना पनि पुगेको छैन ।
 
एउटा अविवाहित महिला घरमा बस्दा सिन्दूरले सिउँदो भरेर बस्दैनन् । अचेल टिकटकमा भाइरल हुन धेरै अविवाहित युवतीहरुले सिउँदोमा सिन्दूर लगाउने गरेका छन् । भाइरल हुन अनुलाई यो गर्न जरुरी पनि छैन । किनकि, उनी धेरथोर दर्शकमाझ चिनिएकी छन् । फिल्म क्षेत्रमा उनको बेग्लै पहिचान छ । यसकारण अनुले आफ्नो सिउँदो सिन्दूरले भर्नुले उनको सविन श्रेष्ठसँग विवाह भएको कुरालाई बल मिल्छ । अनु र सविन विवाह बन्धनमा बाँधिएका हुन् वा होइनन् ? त्यसको खुलासा त ढिलोचाँडो हुने नै छ ।
Most Visited News (monthly)