Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेश बाबू : तेलुगू फिल्मका सुपरस्टार, तर लेख्न र पढ्न आउँदैन तेलुगू

एजेन्सी, मुम्बई, 2021/06/20
 
साउथ इन्डियन फिल्मका केही यस्ता सुपरस्टार छन्, जसको फ्यान फलोइंग विश्वभर छ । यसमध्ये एक हुन्, महेश बाबू । उनका फिल्म आन्ध्र प्रदेश र तेलंगानामा मात्र नभएर पूरै भारतमा अलग-अलग भाषामा डब गरेर देखाइन्छ । तर, उनको बारेमा केही यस्ता रोचक कुरा छन्, जुन कमैलाई थाहा छ । उनी तेलुगू फिल्मका सुपरस्टार भए पनि उनलाई तेलुगू लेख्न र पढ्न आउँदैन ।
 
उनी चेन्नईमा हुर्किएका हुन् । यसकारण उनलाई तमिल र अंग्रेजी राम्रोसँग लेख्न र बोल्न आउँछ । तर, निर्देशकका अनुसार उनले कन्ठ गरेर भए पनि तेलुगू भाषामा लेखिएको आफ्नो डाइलग निकै सानदार तरिकाले बोल्ने गरेका छन् । यो कुरा पनि कमैलाई थाहा होला कि तमिल सुपरस्टार कार्ती र विजय उनका बाल्यकालदेखिका मिल्ने साथी हुन् । उनीहरु एउटै स्कूलमा पढेका हुन् ।
 
२० वर्षको आफ्नो करिअरमा करीब ४० भन्दा बढी फिल्ममा काम गरेका उनका प्रायः फिल्म बक्सअफिसमा सुपरहिट छन् । उनको पछिल्लो फिल्म ‘सारिलेरु नीकेवरु’ ले भारतीय बजारमा २६० करोड छापेको थियो । उनका अहिलेसम्म १८ वटा फिल्मको हिन्दी डब भइसकेको छ । यसमा ‘पोकिरी, अथाडु, डूकुडू, ओकडू, भारत आने नेनू’ जस्ता ब्लकबस्टर फिल्म सामेल छन् ।
Most Visited News (monthly)