Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेलम्चीका बाढी पीडितलाई पूजा र श्वेताले बाँडे राहत

फिल्मीखबर, काठमाडौं, 2021/06/19
सिन्धुपाल्चोकको मेलम्ची नदी (इन्द्रावती) मा आएको बाढीका कारण विस्थापित भएकाहरूलाई देश तथा विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ । नेपाली कलाकारहरु पनि सिन्धुपाल्चोकबासीको पीडामा मल्हम लगाउन राहत संकलन र वितरणमा अग्रसर भएका छन् । बिहीवार अभिनेत्री आँचल शर्मा र उनको टिमले मेलम्चीमै पुगेर बाढी पीडितलाई खाद्यान्न सहयोग गरेको थियो ।
 
अभिनेत्री द्वय श्वेता खड्का र पूजा शर्माले पनि शुक्रवार सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत बाँडेका छन् । बाढीले बाटो अवरोध भएको ठाउँमा हेलिकप्टरमार्फत् खाद्यान्न पुर्‍याएकी श्वेताले गाडी जाने ठाउँमा भने टिप्परमार्फत् १०० जना बाढी पीडितका लागि आवश्यक चामल, सिरक, डस्ना, दाल, तेल, बेसार, महिलाका लागि स्यानेटरी प्याड लगायतका सामाग्री वितरण गरिन् ।
 
 
इन्द्रावती नदीमा आएको बाढीले सयौं मानिस विस्थापित भएको खबर सुनेपछि श्वेताले सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरु गरेकी थिइन् । उनको अभियानमा जोडिएर धेरैले सहयोग गरेका छन् । उनले शुक्रवारसम्म ११ लाखभन्दा बढी संकलन भएको जानकारी दिएकी छन् । अर्को चरणमा सुत्केरी महिला र बालबालिकालाई लक्षित गरेर राहत बाँड्ने उनको भनाई छ । 
 
उनले फेसबुकमा लेखेकी छन्, ‘हेलिकप्टर जस्तो महंगो ढुवानीको साधन प्रयोग गरेर भए पनि विकट गाउँहरुमा खाद्य सामाग्री पुर्‍याउन मात्रै होइन एकजना सुत्केरी बहिनीलाई सोही हेलिकप्टर प्रयोग गरी उद्दार गर्नुका साथै व्यक्तिगत रुपमा २५ हजार सहयोग गर्न पाउँदा करोडौंको काम गरिएको महशुस भएको छ । हामी राहत वितरणको कार्यलाई सुचारु राख्ने योजनामा छौं ।’
 
पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत सामाग्री बाँड्न सामाजिक सञ्जालमार्फत् सहयोगको आह्वान गरेकी थिइन् । सिन्धुपाल्चोक उनको गृहजिल्ला समेत हो । उनले एकै दिनमा निकै मोटो रकम जुटेको र बाढी पीडितलाई राहत बाँड्न पाउँदा मनदेखि नै खुसी मिलेको बताएकी छन् । उनले चामल, दाल, नुन लगायतका सामाग्री बाढी पीडितलाई हस्तान्तरण गरेकी हुन् ।
Most Visited News (monthly)