Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाढीले भत्किएका मेलम्चीको संरचना बनाउन करिश्माको एक लाख सहयोग

फिल्मीखबर, काठमाडौं, 2021/06/20
 
मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेपछि अभिनेत्री करिश्मा मानन्धरले आर्थिक सहयोगको घोषणा गरेकी छन् । उनले फेसबुकमार्फत् बाढी पीडित सिन्धुपाल्चोकका बासिन्दालाई वर्षायाममा छोत लाग्ने छानोको व्यवस्था गर्न एक लाख उपलब्ध गराउने बताएकी हुन् ।
 
शनिवार राजधानीमा सिन्धुपाल्चोकका कलाकार, नवनियुक्त स्वास्थ्यमन्त्री शेर बहादुर तामाङ, जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची न. पा.का मेयर डम्बर बहादुर अर्याल र हेलम्बु गाविसका प्रतिनिधिबीच छलफल भएको थियो । सिन्धुपाल्चोकको संरचना निर्माणका लागि सहायता आह्वान गर्ने विषयमा समितिको बैठक यही असार १० गते बस्ने भएको छ ।
 
बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरुले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना फ्यानलाई आह्वान गर्नेछन् । संयोजक मल्लले बैंकमा कोष खडा गरेर सबै पक्षसँग सहयोग माग्ने बताए । छलफल कार्यक्रममा चेतन सापकोटा, जितु नेपाल, कृष्ण ढुंगाना, श्वेता खड्का लगायतको उपस्थिति थियो ।
 
 
सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत संकलन र वितरणमा कलाकारहरुको प्रशंसनीय अग्रसरता देखिएको छ । बाढीले मेलम्ची क्षेत्र तहसनहस भएपछि बुधवार नै आँचल शर्मा र उनको टिम राहत लिएर पुगेको थियो । शुक्रवार श्वेता खड्का र पूजा शर्माले पनि राहत वितरण गरे । त्यस्तै, शनिवार दीपाश्री निरौला र स्वस्तिमा खड्का सहितको टिमले बाढी पीडितलाई राहत हस्तान्तरण गर्‍यो ।
 

Most Visited News (monthly)