Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रजतपट कोशेली अभियानद्वारा पल शाहलाई रियल हिरो सम्मान

फिल्मीखबर, काठमाडौं, 2021/06/28
अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।
 
सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए ।
 
 
 
सोहि कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ । यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको थियो ।
 
निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म पुर्‍याई उपचारको लागि पहल गरेका थिए ।
 
टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म ४ सय बढि कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो ।
Most Visited News (monthly)