Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अलविदा जेनी कुँवर...

फिल्मीखबर, काठमाडौं, 2021/07/09
 
बिहीवार साँझ आफू बस्ने अपार्टमेन्टमा मृत फेला परेकी अभिनेत्री जेनी कुँवरको अन्त्येष्टि गरिएको छ । उनको शुक्रवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरु पुगेका थिए ।
 
श्रीमानसँग काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनीका दुई छोरी छन् र दुवै देशबाहिर छन् । भान्सा कोठामा नाइलनको डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी उनले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट प्रहरीले भेटाएको छ । जसमा उनले आफ्नो मृत्युको दोषी कोही नभएको उल्लेख गरेकी छन् । उनी विगत एक वर्षदेखि डिप्रेसनमा थिइन् ।
 
प्रहरीका अनुसार उनले सुसाइड नोटमा लेखेकी छन्, ‘मेरो दिमागी हालत ठिक नभएर मैले सुसाइड गरेको हो । मलाई मेरो श्रीमान र छोरीहरूले धेरै माया गर्नुहुन्छ । यसमा कसैको दोष छैन । बिरामी ठिक होला भनेको झनझन् गाह्रो हुँदै गयो, त्यही भएर आत्महत्या गरेकी हुँ ।’ प्रहरीले उक्त सुसाइड नोटको परीक्षण गर्न सामाखुसीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।
 
 
‘घायल र हलचल’ नामक दुई फिल्मको निर्माण समेत गरेकी जेनीले फिल्म ‘जिन्दगानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ’ लगायत थुप्रै फिल्ममा अभिनय गरिन् । पछिल्लो समय भने उनी अभिनयबाट निस्क्रिय जस्तै थिइनन् । तर, स्थिति सामान्य भएपछि नयाँ फिल्म निर्माण गर्ने उनको तयारी थियो । 
 
तश्वीर सहयोग : शंकर गिरी
Most Visited News (monthly)