
बलिउड र टिभी जगतकी चर्चित अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । मुम्बईमा छोराको साथमा बस्दै आएकी उनको शुक्रवार ७५ वर्षको उमेरमा निधन भएको हो । कार्डियक अरेस्टका कारण उनको निधन भएको भारतीय मिडियाले बताएका छन् । सिरियल ‘बालिका वधू’ मा अभिनय गरेपछि दर्शकको ठूलो वर्गमा चिनिएकी उनले हिन्दी फिल्ममा समेत काम गरेकी छन् ।

नेपाली फिल्ममा औंलामा गन्न सकिने केही यस्ता अभिनेत्री छन्, जो चरित्रमा डुबेर अभिनय गर्छन् । कसरी हुन्छ आफूले पाएको चरित्रमा ‘बेस्ट’ दिन उनीहरु चुनौतीका जस्तासुकै चट्टानी पहाड फोड्न तयार हुन्छन् । ऋचा शर्मा यही कोटीमा पर्ने अभिनेत्री हुन् । यो कुरालाई दुई फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘को आफ्नो’ ले प्रमाणित गर्छ । जसमा उनको भिन्न गेटअप र चरित्र थियो ।

साउथका सुपरस्टार आज नाम र दामी दुवै हिसाबले कोहीभन्दा पछाडि छैनन् । चिरन्जीवीदेखि विजय देवकरकोन्डासम्म कयौं यस्ता उदाहरण छन्, जो पपुलारिटीमा बलिउड सुपरस्टारभन्दा पनि अगाडि छन् । यस्तै एक साउथ सुपरस्टार हुन्, अल्लू अर्जुन । आफ्नो अभिनय, एक्सन र नृत्यबाट दर्शकको मनमा बसेका उनी साउथका सर्वाधिक डिमान्डेड र महंगा अभिनेतामध्ये एक हुन् ।

अहिलेकी चल्तीकी अभिनेत्री पूजा शर्मा जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग प्रेमको चर्चा चल्न थाल्छ । फिल्म ‘प्रेमगीत’ ताका प्रदीप खड्का, ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाह र ‘रामकहानी’ पछि आकाश श्रेष्ठसँग उनको नाम जोडियो । निर्देशक सुदर्शन थापासँग पनि उनी प्रेम सम्बन्धमा रहेको खबरले केही समय फिल्म बजार खुब तात्ने गरेको थियो ।

कोरोना महामारी सुरु भएयता नेपाली फिल्म क्षेत्र चकमन्न छ । गत वर्षको लकडाउनपछि दुई दर्जन बढी फिल्म निर्माण भए पनि प्रदर्शन उत्साहजनक हुन सकेन । केही आशातित फिल्म प्रदर्शनको संघारमा रहँदा देश फेरि कोरोना महामारीले थलियो । त्यसयता फिल्म क्षेत्र कोमा छ । सरकारले फिल्म निर्माण र प्रदर्शनको अनुमति दिने टुंगो नहुँदा फिल्मकर्मी पनि तातेका छैनन् ।

बलिउड सुपरस्टार अमिताभ बच्चन उमेरले ७८ वर्षको भइसकेका छन् । आजका दिनमा पनि अभिनयमा उतिक्कै सक्रिय रहेका उनको स्टारडम अझै कमजोर भएको छैन । ७० र ८० को दशकमा एकसेएक सुपरहिट फिल्म दिएका उनी ९० को दशकमा निकै कठिन घडीबाट गुज्रनु परेको थियो । उनको आर्थिक अवस्था यति खराब भएको थियो कि उनीमाथि करोडौं ऋणको भारी थियो ।

