Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिट’ को हिन्दी रिमेकमा राजकुमारको जोडी सान्या

एजेन्सी, मुम्बई, 2021/07/09
 
बलिउडमा साउथ फिल्मको रिमेक बनाउने ट्रेन्ड नै चलेको छ । हिन्दी रिमेकले बक्सअफिसमा राम्रो कमाई गरेका कारण पनि यसतर्फ निर्माता/निर्देशकको आकर्षण बढ्दो छ । यस्तैमा, तेलुगूको ब्लकबस्टर फिल्म ‘हिट’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ । फिल्ममा राजकुमार राव फाइनल भइसकेका छन् भने उनको जोडीको रुपमा सान्या मल्होत्रा देखिने भएकी छन् । 
 
फिल्म साइन गरेपछि सान्याले भनेकी छन्, ‘मैले ‘हिट’ हेरेको छु र मलाई वास्तवमै फिल्मको अवधारणा मनपर्यो । जब मलाई फिल्म अफर भयो, तब मैले तुरुन्तै हुन्छ भने । यो एक निकै रोचक र रमाइलो कहानी हो । राजकुमारसँग काम गर्न निकै उत्साहित छु ।’ ‘दंगल, बधाई हो, पटाखा, शकुन्तला देवी’ लगायतका फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । 
 
‘हिट’ ले एक पुलिस अफिसरको कहानी भन्छ, जो एक हराएकी महिलाको खोजीमा रहन्छ । २०२० मा रिलिज भएको फिल्ममा विश्व सेन र रूहानी शर्मा मुख्य भूमिकामा छन् । शैलेश कोलानु निर्देशित फिल्मको निर्माण दक्षिण भारतीय फिल्मका स्टार नानी र प्रशान्ति टिपिरनेनीले गरेका थिए । फिल्मका लागि कलाकार फाइनल भएसँगै अब छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।
Most Visited News (monthly)