Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6673 - 6678 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-07-19, सोमवार

कोरोनाका कारण सबैभन्दा प्रभावित क्षेत्र हो, फिल्म क्षेत्र । गत वर्ष कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनभन्दा अगावै फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि रोक लगाएको थियो । त्यसको ९ महिनापछि फिल्म क्षेत्र पुनः सञ्चालनमा आयो । बीचमा केही फिल्म निर्माण र प्रदर्शन भए । तर, फिल्म क्षेत्र चलायमान हुन नपाउँदै फेरि कोरोना महामारी फैलियो ।

एजेन्सी, मुम्बई, 2021-07-18, आईतवार

कबीर खानको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’ रिलिजको आइतवारबाट ६ वर्ष पूरा भएको छ । यो फिल्ममा सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्दीकीले मुख्य भूमिकामा काम गरेका थिए । फिल्मका लेखक केवी विजेन्द्र प्रसादले आइतवार पिंकविलासँग कुराकानी गर्दै अहिले आफूले सिक्वेलका लागि स्क्रिप्टमा काम गरिरहेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-07-18, आईतवार

राजनीतिज्ञ र कलाकारको बोली छेपारोले रंग फेरेझैँ बदलिरहन्छ । उनीहरु आज बोलेको कुरा भोलीपल्टै त्यो आफूले बोलेकै होइन भन्न भ्याउँछन् । अभिनेत्री वर्षा सिवाकोटीकै कुरा गर्ने हो भने अघिल्लो वर्ष उनले अमेरिका बस्ने सविनजंग थापासँगको प्रेम स्वीकार गर्दै आउँदो २ वर्षभित्र बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनी आजसम्म आफू कसैको प्रेममा नभएको दाबी गरिरहेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2021-07-18, आईतवार

अभिनेत्री मिरुना मगर आइतवार आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछिन् । २०५१ साल साउन ३ गते हङकङमा जन्मिएकी उनी २७ वर्षमा लागेकी छन् । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । उनलाई केही प्रशंसकले भने आफ्नो ‘क्रस’ भन्दै ‘बर्थ-डे विस’ गरेका छन् । उनले लण्डनको ब्रुनेल यूनिभर्सिटीबाट सोसियोलोजीमा ब्याचलर गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-07-17, शनिवार

अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको बताएकी छन् । अबको तीन-चार वर्षमा विवाह नभए बच्चा जन्माउने उनको योजना छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोली समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’ 

फिल्मीखबर, काठमाडौं, 2021-07-17, शनिवार

किस्ताबन्दीको कोरोना महामारीका कारण नेपाली फिल्म क्षेत्र नराम्रोसँग थला परेको छ । निर्माता तथा निर्देशक अशोक शर्माको भनाई सापटी लिने हो भने कोरोनाले फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकलेको छ । निर्माण सकेर रिलिजको तयारीमा रहेका र अधुरैमा छायांकन रोकिएका फिल्ममाथि भएको अर्बौंको लगानी जोखिममा परेको छ भने भकाभक सिनेमा हलहरु बन्दै हुँदैछन् ।

Results : 6673 - 6678 of 23775
Most Visited News (monthly)