
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ कहिले औधी मिल्छन् । जहाँ जाँदा पनि उनीहरुको साथ छुट्दैन । कहिले भने ठूलै ठाकठुक पर्छ र हप्तौसम्म बोल्दैनन् । सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो पनि गरिहाल्छन् । तर, फेरि केही दिनमै मिलन भइहाल्छ । यसैले फिल्म क्षेत्रमा उनीहरुलाई प्रेम जोडी भन्ने गरिएको हुनुपर्छ । किनकि, प्रेममा रिसाउन र मिल्न दुवै छुट छ ।

चलचित्र विकास बोर्डको कार्य योजनाअनुरुप छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले बराह क्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई फिल्म सिटी बनाउन उपयुक्त रहेको ठहर गर्दै स्थानीय तहलाई प्रतिबेदन बुझाएको छ । श्रीलंका टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्रमा छायांकन स्थल बनाउन नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार ज्ञापन गरेको छ ।

अभिनेता रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमवार आफ्नो पार्टी ‘रजनी मक्कल मंद्रम’ लाई विगठन गर्दै राजनीतिबाट सन्यास लिएका हुन् । उनले पार्टीका पदाधिकारीहरुलाई आफू भविष्यमा राजनीतिमा नफर्किने बताएको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । उनले पार्टीका सबै पदाधिकारीहरुसँग गहन छलफलपछि पार्टी विगठन गरेका हुन् ।

टम क्रूज हलिउड इन्डस्ट्रीका सर्वाधिक महंगा र विकाउ अभिनेता हुन् । आफ्नो करिअरमा कयौं ब्लकबस्टर फिल्म दिएका उनी ‘मिशन इम्पोसिबल’ सिरिजका कारण संसारभर चर्चित छन् । नेपालमा पनि उनको फ्यान फलोइंग जबरजस्त छ । फिल्मसँगै अफेयरका कारण प्रायः चर्चामा रहने उनले अहिलेसम्म तीन विवाह गरिसकेका छन् । उनको गर्लफ्रेन्डको सूची पनि लामै छ ।

यसमा कुनै दुईमत छैन कि अनमोल केसी अहिलेको समयका नेपाली फिल्मका सबभन्दा विकाउ अभिनेता हुन् । एक समय उनका पिता भुवन केसीको नामैले फिल्म चल्छ भन्ने विश्वास निर्मातामा व्याप्त थियो । ठिक यस्तै विश्वास अहिले अनमोलमाथि गरिन थालिएको छ । उनले फिल्म साइन गरेको कागज देखाएरै निर्माताले छायांकन सुरु हुनुभन्दा अगावै लगानी उठाइसकेका हुन्छन् ।

कोरोना महामारीको दोस्रो लहर केही सामान्य भएपछि भारतमा फिल्म छायांकन सुरु भएको छ । यतिबेला फिल्मको रिलिज डेट, पोस्टर र ट्रेलर सार्वजनिक हुने क्रम पनि बढेको छ । सिनेमा हल खुल्ने अनिश्चित हुँदा निर्माण भइसकेका फिल्म भने ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । यस्तैमा, साउथको बहुप्रतिक्षीत फिल्म ‘आचार्य’ को दोस्रो चरणको छायांकन सुरु भएको छ ।

