
फिल्म क्षेत्रमा कलाकारबीच सुमधुर सम्बन्ध स्थापित भएको कमै देख्न पाइन्छ । फिल्ममा कहिल्यै एकसाथ काम नगरेको भएता पनि व्यवसायिक प्रतिस्पर्धाका कारण उनीहरुको एकअर्कासँग राम्रो सम्बन्ध बन्न सकेको हुँदैन । कतिपय अवस्थामा मिडियामा आउने प्रतिस्पर्धाका समाचारले पनि कलाकारबीच फाटो ल्याउँछ । तर, केही कलाकारहरु भने एकअर्कासँग उल्कै मिल्छन् ।

एक समय नेपाली फिल्मका विकाउ अभिनेता हुन्, दीलिप रायमाझी । फिल्म ‘दर्पण छायाँ’ को ऐतिहासिक सफलतापछि उनी नेपाली फिल्ममेकरको पहिलो रोजाइ बन्न थालेका थिए । त्यसबेला सिनेमा हलसम्म दर्शकको भीड तान्न उनको नाम नै काफी मानिन्थ्यो । अभिनय र नृत्यमा आफूलाई अब्बल सावित गरेका उनले आफ्नो करिअरमा कयौं सम्झनलायक फिल्म दिएका छन् ।

अभिनेता प्रदीप खड्का र सुन्दरी नीति शाहको फिल्ममा जोडी बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ । उनीहरुले दुई वर्षअघि डिमहोमको एक विज्ञापनमा एकसाथ काम गरेका थिए । त्यो विज्ञापन टिभीमा प्रशारण भएपछि यो जोडीको केमेस्ट्री दर्शकले निकै मन पराए । केही निर्माता तथा निर्देशकले फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास पनि गरेका थिए । तर, त्यो सम्भव हुन सकेन ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा चर्चित विजनेशम्यान राज कुन्द्रालाई मुम्बई क्राइम ब्राञ्चले सोमवार राती पक्राउ गरेको छ । अश्लील फिल्म बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मुम्बई पुलिस कमिश्नर हेमन्त नागरालेका अनुसार, राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला गरेको छ । प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानी अभिनेत्री सोमी अली कुनै समय अभिनेता सलमान खानकी गर्लफ्रेन्ड थिइन् । सलमानले उनका लागि अभिनेत्री संगीता बिजलानीलाई धोका दिएका थिए । तर, यो सम्बन्ध लामो समय टिकेन । सलमानसँग ब्रेकअप भएपछि सोमीले अभिनयसँगै भारत पनि छाडेकी थिइन् । अहिले उनी एक एनजीओ चलाएर बसेकी छन्, जसले घरेलू हिंसा र बाल शोषण पीडितको मद्दत गर्ने गर्छ ।

कुनै बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो । फिल्ममा काम गरेर पेट पाल्न पनि सकिन्न भन्ने गरिन्थ्यो । तर, आज समय बदलिएको छ । फिल्ममा काम गरेरै कलाकारहरुले नामसँगै मनग्य दाम कमाइरहेका छन् । कतिले फिल्मकै कमाईले घरबारी जोडेका छन् भने कति महंगो गाडी हुइकिने गरेका छन् । फिल्ममा चलेका कलाकारको अहिले जीवनशैली फेरिएको छ ।

