
कोरोना महामारीको दोस्रो लहर केही सामान्य भएपछि भारतमा फिल्म छायांकन सुरु भएको छ । यतिबेला फिल्मको रिलिज डेट, पोस्टर र ट्रेलर सार्वजनिक हुने क्रम पनि बढेको छ । सिनेमा हल खुल्ने अनिश्चित हुँदा निर्माण भइसकेका फिल्म भने ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । यस्तैमा, साउथको बहुप्रतिक्षीत फिल्म ‘आचार्य’ को दोस्रो चरणको छायांकन सुरु भएको छ ।
फिल्मको जम्मा १० प्रतिशत मात्र छायांकन गर्न बाँकी छ । शनिवार निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेको थियो, जसमा अभिनेता राम चरण फिचर छन् । फिल्ममा उनी एक विद्यार्थी नेपालको भूमिकामा छन् । उनका पिता चिरञ्जीवीको पनि फिल्ममा मुख्य भूमिका छ । यसअघि उनीहरुले ‘ब्रुस ली : द फाइटर, कैदी न. १५०’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
कोराटला शिवद्वारा निर्देशित फिल्ममा काजल अग्रवाल, सोनू सूद र पूजा हेगडेको पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई यस वर्षको १३ मेमा रिलिज गर्ने तयारी गरिएको भए पनि कोरोनाका कारण सिनेमा हद बन्द भएपछि निर्माण टिमले रिलिज पोस्टपोन्ड गर्यो । लामो समयपछि पिता र छोराले एकसाथ स्क्रिन शेयर गरेका कारण दर्शकमाझ ‘आचार्य’ लाई लिएर निकै उत्सुकता छ ।
Shoot resumes for #Acharya !@KChiruTweets @sivakoratala @MsKajalAggarwal @hegdepooja #ManiSharma @DOP_Tirru @NavinNooli @sureshsrajan #NiranjanReddy @KonidelaPro pic.twitter.com/sDS7BGzzJz
— Ram Charan (@AlwaysRamCharan) July 10, 2021

