Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6649 - 6654 of 23775
एजेन्सी, मुम्बई, 2021-07-27, मंगलवार

अभिनेता सलमान खान र अभिनेत्री सोनाक्षी सिन्हा स्टारर फिल्म ‘दबंग’ को तीन सिरिज बनिसकेको छ । नाम नै ब्रान्ड भइसकेको यो फिल्मको अब चौथौ पार्ट निर्माण गर्ने तयारीमा अभिनेता तथा निर्देशक अरबाज खान जुटेका छन् । हालै एक वेवसाइटसँगको कुराकानीमा उनले सलमान खानको पाइपलाइनमा रहेका फिल्मको छायांकन सकिएपछि ‘दबंग ४’ को काम सुरु हुने बताए ।

फिल्मीखबर, काठमाडौं, 2021-07-27, मंगलवार

गत वर्ष चलचित्र विकास बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै स्टोरी बैंक स्थापना गरेको थियो । बोर्डले अगाडि सारेको स्टोरी बैंकको अवधारणालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सम्बोधन पनि गर्‍यो । अब ‘स्टोरी बैंक’ मा दर्ता हुने कथा तथा पटकथामध्ये केहीलाई छनौट गरेर चलचित्र विकास बोर्डमार्फत् सरकारले सह-लगानी गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2021-07-27, मंगलवार

अभिनेता अनमोल केसी र निर्देशक हेमराज विसी एकअर्काका लागि ‘लक्की’ मानिन्छन् । किनकि, यो जोडीले सहकार्य गरेका फिल्म बक्सअफिसमा ब्लकबस्टर छन् । उनीहरुको करिअरको सुरुवात एकसाथै भएको थियो । फिल्म ‘होस्टेल’ बाट हेमराजले निर्देशनमा डेब्यू गरेका थिए भने अनमोलले मुख्य नायकमा । यसपछि उनीहरुबीच ‘जेरी र गाजलु’ फिल्ममा पनि सहकार्य भयो । 

फिल्मीखबर, काठमाडौं, 2021-07-27, मंगलवार

अभिनेता विराज भट्ट एक भोजपुरी फिल्मको छायांकनको क्रममा घाइते भएका छन् । फिल्म ‘आक्रोश’ का लागि एक्सन सिन गर्दा उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको हो । भित्र रगत जमेकाले उनलाई चिकित्सकले १५/२० दिन आराम गर्न सल्लाह दिएका छन् । विराजले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको उल्ल्लेख गरेका छन् ।

एजेन्सी, मुम्बई, 2021-07-26, सोमवार

साउथको सुपरहिट फिल्म ‘केजीएफ’ को सिक्वेलको प्रतिक्षा कसले नगरेको होला र ? पहिलो पार्टको सफलतापछि दर्शक लामो समयदेखि ‘केजीएफ २’ को प्रतिक्षामा छन् । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । निर्माण टिमले फिल्मका सबै कलाकारको डबिङ सकेर रिलिज डेट घोषणा गर्ने तयारी गरेको भए पनि अभिनेता सञ्जय दत्तका कारण निकै समस्या भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-07-26, सोमवार

कोरोना महामारीका कारण नेपालका सिनेमा हल झन्डै दुई वर्षदेखि सुनसान छ । गत वर्ष लकडाउनपछि केही समय सिनेमा हल खुले पनि दर्शकको उत्साहजनक उपस्थिति हुन सकेन । कोरोनाको दोस्रो महामारी फैलिएसँगै फेरि हलहरु बन्द भएका छन् । हलमै गएर फिल्म हेर्ने बानी भएका दर्शक अहिले घरमा बसेर डिटिजल प्लेटफर्ममा विश्वमा बनेका फिल्महरु हेरिरहेका छन् ।

Results : 6649 - 6654 of 23775
Most Visited News (monthly)