Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

शिल्पाका श्रीमानले भारतमै खिचेर विदेश पठाउँथे पोर्न फिल्म

एजेन्सी, मुम्बई, 2021/07/20
 
बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा चर्चित विजनेशम्यान राज कुन्द्रालाई मुम्बई क्राइम ब्राञ्चले सोमवार राती पक्राउ गरेको छ । अश्लील फिल्म बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मुम्बई पुलिस कमिश्नर हेमन्त नागरालेका अनुसार, राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला गरेको छ । प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको छ ।
 
क्राइम ब्राञ्चका अनुसार, राजको विरुद्ध गत फेब्रअरीमा मुद्धा दर्ता भएको थियो । उनले पोर्न इन्डस्ट्रीमा ८ देखि १० करोडको लगानी गरेका छन् । भारतको साइबर कानुनबाट बच्न राज र उनका ब्रिटेनमा बस्ने भाईले ब्रिटेनमैमा एक कम्पनी दर्ता गरे । पोर्न फिल्म भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका एप्सहरुमा पठाइने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
 
मुम्बई पुलिसले फेब्रअरीमा अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई पक्राउ गरेको थियो । पछि अरु तीन व्यक्ति पक्राउ परे । यसपछि एफआइआर दर्ता भयो । अभिनेत्रीलाई पोर्न फिल्मका लागि न्यूड सीन सुट गर्न बाध्य पारिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा पोर्न फिल्मलाई पेड मोबाइल एप्लिकेशनमा सार्वजनिक गरिएको पनि खुलेको थियो ।
 
यसपछि प्रहरीले यो मामलामा जोडिएका एक व्यक्ति उमेश कामतलाई पक्राउ गर्‍यो । त्यसपछि प्रहरीलाई पोर्न फिल्मको यो र्‍याकेटमा राज कुन्द्राको सम्बन्ध रहेको प्रमाण भेट्यो । यदी अदालतले दोषी ठहर गरेको खण्डमा राजलाई भारु दश लाख रुपैयाँ जरिवाना र पाँच बर्ष जेल सजाय हुने बताइएको छ । हिरोको कारोबार गरेर राजले भारु २८०० करोडको सम्पत्ति जोडेका छन् । 
 
राज रियल एस्टेट, माइनिङ, इन्टरटेनमेन्ट, स्पोर्ट्स, स्टक मार्केट, गेमिङ र हस्पिटालिटी लगायत कयौं विजनेशसँग जोडिएका छन् । उनले बलिउड फिल्म र स्पोर्ट्समा समेत लगानी गरेका छन् । राजलाई २००४ मा एक ब्रिटिश पत्रिकाले सबभन्दा धनी एशियाई ब्रिटिशको लिस्टमा १९८औं स्थानमा राखेको थियो । २००९ उनले शिल्पा शेट्टीसँग बिहे गरेका हुन्, उनीहरुका दुई सन्तान छन् ।
Most Visited News (monthly)