
गत वर्ष कोरोना महामारीका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । लकडाउन अन्त्यपछि भने थुप्रै फिल्म निर्माण भए । केही नयाँ फिल्म प्रदर्शनमा पनि आए । तर, कोरोनाले थिलथिलो भएको फिल्म क्षेत्र जुर्मुराउन नपाउँदै फेरि कोरोनाको दोस्रो महामारीले थला परेको छ । विगत तीन महिनादेखि फिल्म निर्माण र प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको छ ।

बलिउडमा रामायण, महाभारत जस्ता एपिक विषयमा फिल्म बनाउने ट्रेन्ड नै चलेको छ । प्रभास, दीपिका पादुकोण र सैफ अली खान चाँडै रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ मा काम गर्दैछन् । निर्माता मधु मन्टेनाले पनि गत वर्ष ‘रामायण थ्रीडी’ फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोण एकसाथ देखिँदैछन् ।

निर्देशक नवल नेपाल नारी संवेदनामाथि फिल्म बनाउन नामी मानिन्छन् । ‘श्रीमान, मंगलम, मारुनी’ फिल्ममा उनको निर्देशकिय क्षमताको निकै प्रशंसा भएको थियो । गत वर्ष उनी एक नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिए । तर, कोरोना महामारीका कारण उनले फिल्म सुरु गर्ने आँट गरेका छैनन् । बरु, गत वर्षको लकडाउनपछि उनले ‘दिल चुप छ’ नामक सिरिजको निर्देशन गरे ।

किस्ताबन्दीको कोरोना महामारीले फिल्म क्षेत्र विगत डेढ वर्षदेखि कोमामा छ । गत वर्ष कोरोनाका कारण ९ महिना बन्द भएको फिल्म क्षेत्र लकडाउनपछि केही चलायमान भएको थियो । तर, फेरि कोरोनाको दोस्रो लहर फैलिएपछि फिल्म निर्माण र प्रदर्शन ठप्प भयो । तीन महिना लामो निषेधाज्ञा खुकुलो भएसँगै अहिले विभिन्न क्षेत्र खुल्न थालेका छन् । तर, फिल्म क्षेत्र बन्दको बन्दै छ ।

फिल्म निदेशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिकको उद्घाटन गरेका छन् । शनिवार यो जोडीले संयुक्त रुपमा रिबन काटेर बुटिकको उद्घाटन गरेको हो । आफ्नो जन्मिएको ठाउँमा ठूलो लगानीमा बुटिक खुलेको दीपिकाले खुसी व्यक्त गरिन् । अचेल बुटिकका डिजाइनेबल कपडाहरु सबैको रोजाइमा पर्न थालेको उनले बताइन् ।

पोर्न फिल्म निर्माण गरेर विदेशका एप्सहरुमा बेचेको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा विजनेशम्यान राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले उनलाई २७ जुलाईसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रवार क्राइम ब्रान्चको टिम राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने-सामने राखेर सोधपुछ गरिएको थियो ।

