
कोरोना महामारीपछि संसारभर ओटीटी प्लेटफर्मको लोकप्रियता बढेको छ । कोरोनाका कारण सिनेमा हलहरु बन्द भएपछि सीमित पैसामा घरमै बसेर फिल्म हेर्ने दर्शक ह्वात्तै बढेका छन् । जसले गर्दा नेटफ्लिक्स लगायतका ओटीटी प्लेटफर्मले फिल्म तथा सिरिज निर्माणमा ठूलो लगानी गरिरहेका छन् । यतिबेला फिल्म रिलिजका लागि ओटीटी प्लेटफर्म विकल्पको रुपमा उदाएको छ ।

कोरोना प्रभावित नेपाली फिल्म उद्योगलाई नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमार्फत आर्थिक राहतको व्यवस्था गर्न माग गर्दै चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता भुवन केसी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान लगायतले अर्थमन्त्रीसमक्ष विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनीत तथा निर्मित फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढावलाई प्रस्तुत गरिएको छ । फिल्ममा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस-सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् ।

अभिनेत्री अनु शाह अचेल अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ । निषेधाज्ञामा सविनले अनुसँग बनाएको भ्लगलाई दर्शकले निकै रुचाएका थिए । ‘आधी बाटो’ र ‘लक्ष्य’ फिल्ममा एकसाथ काम गरेका उनीहरु एकअर्काको परिवारसँग पनि घुलमिल भइसकेका छन् ।

नेपाल सरकारले फिल्मकर्मीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले फिल्मकर्मीलाई खोप लगाउन प्रबन्ध मिलाउने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार संघले फिल्मकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । खोप लगाउन चाहने इच्छुक फिल्मकर्मीले यही साउन १३ गतेभित्र आफ्नो विवरण पठाउनु पर्ने संघले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो फिल्म सम्बन्धि अध्ययन गराउने ओस्कार इन्टरनेशनल कलेजबाट फिल्म निर्देशक समेत रहेका विनोद पौडेलले राजीनामा दिएका छन् । उनले प्रिन्सिपल तथा सीईओ पदबाट राजीनामा दिएका हुन् । १० वर्ष अगाडि शिक्षकको रुपमा कलेज छिरेका उनले नयाँ सोचसहितको पुस्ता आउनुपर्छ भनेर आफूले बाटो खुल्ला गरेको बताए ।

