Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघले माग्यो खोप लगाउन फिल्मकर्मीको विवरण

फिल्मीखबर, काठमाडौं, 2021/07/28
 
नेपाल सरकारले फिल्मकर्मीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले फिल्मकर्मीलाई खोप लगाउन प्रबन्ध मिलाउने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार संघले फिल्मकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । खोप लगाउन चाहने इच्छुक फिल्मकर्मीले यही साउन १३ गतेभित्र आफ्नो विवरण पठाउनु पर्ने संघले जनाएको छ ।
 
१८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका फिल्मकर्मीको छुट्टाछुट्टै विवरण भरेर पठाउन चलचित्र निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, निर्माता संघ, नेपाल चलचित्र संघ लगायतका संघ-संस्थालाई पत्राचार गरिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । केही दिनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर खोप केन्द्र तोकिने उनको भनाई छ । 
 
समयमै खोप आयात भएमा साउन १६ र १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार, तीन हजार फिल्मकर्मीले खोप लगाउने अपेक्षा गरिएको छ । खोप लगाएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै फिल्मका गतिविधि सुचारु गर्न सकिने उनले बताए । कोरोनाका कारण लामो समयदेखि फिल्म निर्माण र प्रदर्शन ठप्प छ ।
 
केही दिनअघि निर्देशक तथा निर्माता श्रीदेव बि.एलको नेतृत्वमा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, भुवन केसी,  धिरेन शाक्य, गोबिन्द शाही लगायतले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका थिए । मन्त्री शर्माले पनि चाँडै फिल्मकर्मीलाई खोपको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।
Most Visited News (monthly)