Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रलाई आर्थिक राहतको व्यवस्था गर्न निर्माता संघको माग

फिल्मीखबर, काठमाण्डौ, 2021/07/29
 
कोरोना प्रभावित नेपाली फिल्म उद्योगलाई नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमार्फत आर्थिक राहतको व्यवस्था गर्न माग गर्दै चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता भुवन केसी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान लगायतले अर्थमन्त्रीसमक्ष विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
 
कोरोनाले थलिएको फिल्म उद्योगलाई सहजीकरणको स्थितिमा लैजान मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्नको साथै २०७७ को मौद्रिक नीतिमा झैँ यस वर्ष पनि फिल्म उद्योगलाई अति प्रभावित उद्योगमा सूचिकृत यथावत राखेर यस प्रकारका मागलाई मौद्रिक नीतिमा व्यवस्थापन गरी सहजीकरण गर्न संघले माग गरेको छ ।
 
फिल्म निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न, २०७६ बैशाखदेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सुचारु हुने मितिसम्मका लागि ब्याज छुटको व्यवस्था गर्न, बैंक तथा वित्तिय संस्थाबाट फिल्म निर्माण परियोजना कर्जाको व्यवस्था गर्न, ५ सय डलरसम्मको डेविड भिसा कार्डलाई २ हजार डलरसम्म पुर्‍याउन पनि संघले ज्ञापनपत्रमार्फत अर्थमन्त्रीसँग आग्रह गरेको छ । 
 
त्यस्तै, निर्माता संघले २०७८/०७९ को बजेटमा सम्बोधन भएको विषयलाई कार्यान्वयन गर्न र बजेटमा छुटेका विषयलाई पुनर्विचार गर्न ध्यानकर्षण गराएको छ । २०७७ को मौद्रिक नीतिले फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गरे पनि कुनै किसिमको सहुलियत कर्जा उपभोग गर्न नपाएकाले अर्थ मन्त्रालयबाट समेत फिल्म उद्योगलाई अति प्रभावित उद्योगमा राख्न संघको माग छ ।
 
३ वर्ष सम्मका लागि सिनेमा घरको विद्युत महशुल डिमान्ड मिनाह, दूतावासमार्फत् विदेशी भूमिमा फिल्म महोत्सव आयोजना गर्न बजेट विनियोजन, सुविधा सम्पन्न आउटडोर सुटिङ स्टूडियो निर्माणको कार्यान्वयन, श्रमजीवि फिल्मकर्मीले प्राप्त गर्ने पारिश्रमिकमा काटिँदै आएको कर आगामी २ वर्षका लागि छुट गर्न निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्रमार्फत आग्रह गरेको छ । 

Most Visited News (monthly)