
हलिउड अभिनेत्री स्कारलेट जोन्सनले एमसीयूको आफ्नो पहिलो सोलो फिल्म ‘ब्ल्याक विडो’ को रिलिजलाई लिएर हलिउडको प्रतिष्ठित फिल्म वितरण कम्पनी डिस्ने स्टूडियोविरुद्ध अदालतमा मुद्धा हालेकी छन् । आफू अभिनीत फिल्मलाई सिनेमा हलमा मात्र नभइ ओटीटी प्लेटफर्म डिज्ने प्लसमा पनि रिलिज गरेको भन्दै लस एन्जिलिसको अदालतमा उनले डिज्नीविरुद्ध मद्धा हालेकी हुन् ।

निर्देशक नवल नेपालले आफ्नो करिअरमा प्रायः पारिवारिक प्रेमकथामाथि फिल्म बनाएका छन् । चाहे त्यो फिल्म ‘श्रीमान्’ होस् वा ‘मंगलम’ । उनका फिल्मले नारी संवेदनालाई नजिकबाट केलाउने प्रयास गरेको हुन्छ । तर, उनलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन नखोजेको आरोप लाग्ने गरेको छ । यो यथार्थ पनि हो, उनले फरक जनराका फिल्म गर्ने चुनौती मोलेका छैनन् ।

सन् १९९७ मा आएको फिल्म ‘और प्यार हो गया’ बाट बलिउडमा सानदार डेब्यू गरेकी ऐश्वर्या राय बच्चन बलिउड इन्डस्ट्रीकी टप अभिनेत्रीमध्ये एक हुन् । सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मिस वर्ल्डको उपाधि जितेकी उनले मणि रत्नमको फिल्म ‘ईरुवर’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । तर, योभन्दा अगाडि ‘और प्यार हो गया’ रिलिज भयो ।

हालै एक अन्तर्वार्तामा अभिनेता राजेश हमालले भनेका थिए, ‘कलाकारिता सबैभन्दा असुरक्षित पेशा हो । कलाकारितामा लागेपछि सफल भइन्छ वा जीविकोपार्जन गर्न सकिन्छ भन्ने ग्यारेन्टी हुन्न ।’ कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भएर लामो समयदेखि कलाकारहरु कामविहीन हुनु परेको अवस्थाले पनि कलाकारिता असुरक्षित पेशा हो भन्ने राजेश हमालको कुरालाई प्रमाणित गर्छ ।

एक समय अभिनेत्री करिश्मा मानन्धरलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । एउटै सेड्युलमा दुई/तीनवटासम्म फिल्मको छायांकन गर्थिन् । उनले लिड अभिनेत्रीको रुपमा सयभन्दा बढी फिल्ममा काम गरेकी छन् । तर, उमेर ढल्किँँदै गएपछि अचेल उनलाई मुख्य नायिकाको अफर आउन छाडेको छ । यही कारण उनी अभिनयबाट टाढा हुँदै गएको कतिपयको टिप्पणी छ ।

बलिउडमा रिमेकको ट्रेन्ड चलिरहेको समयमा तमिलको सुपरहिट फिल्म ‘थडम’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ । डेब्यूटेन्ट वर्धनको निर्देशनमा बन्न लागेको रिमेक फिल्ममा अभिनेता आदित्य रोय कपूर लिड रोलमा देखिनेछन् । फिल्ममा उनको दोहोरो भूमिका हुनेछ । उनले आफ्नो अभिनय करिअरमा पहिलो पटक पूरै अलग-अलग दुई चरित्र निर्वाह गर्न लागेका हुन् ।

