Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6625 - 6630 of 23775
एजेन्सी, मुम्बई, 2021-08-03, मंगलवार

यसै वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको हरर-कमेडी फिल्म ‘रूही अफ्जा’ पछि फेरि एकपटक अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर नयाँ फिल्ममा स्क्रिन शेयर गर्दै देखिने भएका छन् । यो अनटाइटल फिल्मलाई शरण शर्माले निर्देशन गर्नेछन् । उनले यसअघि फिल्म ‘गुन्जन सक्सेना’ को निर्देशन गरेका थिए । यस वर्षको अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-03, मंगलवार

अभिनेत्री गरिमा पन्तले छोरीलाई जन्म दिएकी छन् । मंगलवार फेसबुकमा छोरीसँगको एक तस्विर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी हुन् । उनले छोरीको नाम ‘प्रिषा’ राखेकी छन् । छोरीको आगमन भएकोमा खुसी व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

फिल्मीखबर, काठमाण्डौ, 2021-08-03, मंगलवार

अभिनेता भुवन केसीले आफ्नो प्रोडक्सन हाउस ‘द सुपर काजल फिल्मस्’ बाट थुप्रै सुपरहिट फिल्म निर्माण गरिसकेका छन् । ठूलो क्यानभासमा खर्चिलो फिल्म बनाउने मेकरको सूचीमा उनको नाम सबभन्दा अगाडि आउँछ । केही वर्षयता छोरा अनमोललाई लिएर फिल्म बनाइरहेका उनले ‘ड्रिम्स’ बाट निर्देशनमा समेत डेब्यू गरे । तर, त्यसयता उनले अरु फिल्म निर्देशन गरेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-03, मंगलवार

अभिनेता विपिन कार्की रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएका हुन् । तर, फिल्ममा प्रवेश गरेसँगै उनी नाटकमा देखिन कम भए । आर्ट र कमर्शियल दुवै प्रकारका फिल्ममा आफ्नो दमदार उपस्थिति जनाइसकेका उनी अहिलेका डिमान्डेड र महंगा अभिनेता हुन् । ‘जात्रा’ सिरिज र ‘प्रसाद’ को सफलतापछि करिअरको उत्कर्षमा रहेका उनी चार वर्षदेखि नाटकमा भने अनुपस्थित थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-08-02, सोमवार

नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखका दिन स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।

एजेन्सी, मुम्बई, 2021-08-02, सोमवार

त्यसबेला जेकब स्मिथ ३ वर्षका थिए जब उनी पिता क्रिष, आमा जूली र दिदी ऐरिनसँग जून २०१९ मा वर्ल्ड टूरमा निस्किएका थिए । उनीहरु अक्टूबर २०१९ मा भारतको गोवा पुगे । गत वर्षको मार्चमा कोरोनाका कारण लकडाउन हुनुभन्दा अगाडि उनीहरु भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगरी देश गएका थिए । लकडाउनमा भने केही महिना उनीहरु नेपालमै अड्किएका थिए ।

Results : 6625 - 6630 of 23775
Most Visited News (monthly)