
‘छक्का पञ्जा’ सिरिजको ऐतिहासिक सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले नेपाली फिल्म इन्डस्ट्रीमा आफ्नो प्रभुत्व जमाएको छ । यो टिमसँग सहकार्य गरेर फिल्म बनाउन अहिले जो कोही निर्माता तयार छन् । फिल्म निर्माणमा अभिनेता भुवन केसीको ब्यानर ‘सुपर काजल फिल्मस्’ पनि सफल मानिन्छ । गत वर्ष यी दुई समुह फिल्ममा टिमअप गर्ने तयारीमा थिए ।

कोरोना महामारीका कारण सिनेमा हलमा ताल्चा लागेको लामै समय भइसकेको छ । जसले गर्दा निर्माण सकिएका दुई दर्जन बढी नेपाली फिल्म रिलिज हुन पाएका छैनन् । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै सिनेमा हल खुल्ने थप अनिश्चित हुँदा हलिउड/बलिउडमा झैँ नेपाली निर्माताहरुले पनि डिजिटल प्लेटफर्मलाई फिल्म रिलिजको विकल्पको रुपमा हेर्न थालेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथौं संस्करण यसपटक भर्चुअलको माध्यमबाट सम्पन्न भयो । गत बैशाख २३ देखि २७ गतेसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न देशका फिल्म अनलाइनबाट प्रदर्शन गरिएको थियो । भर्चुअलबाटै अवार्ड घोषणा गरिए पनि पुरस्कार वितरण हुन सकेको थिएन ।

अभिनेता भूवन केसीले आफ्नो करिअरमा कयौं सुपरहिट र सम्झनलायक फिल्म दिएका छन् । सम्भवतः नेपाली फिल्ममा उनी जति सफल फिल्म दिने नायक छैनन् । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका उनले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए । नेपाली म्यूजिक भिडियोका पहिलो मोडल समेत रहेका उनले फिल्म ‘जुनी’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् ।

फिल्म निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेलले चलचित्र विकास कम्पनीको सेयर बेच्न लागेको जानकारी प्राप्त भएको छ । राष्ट्रिय सञ्चार नीति, ०४९ अनुसार सरकारले चलचित्र विकास संस्थानलाई निजीकरण गर्ने व्यवस्था गरेपछि ०५० सालमा कम्पनीको बहुमत सेयरमध्ये ५१ प्रतिशत सेयर उद्धव पौडेलले ६ करोड ४६ लाख ६२ हजार रुपैयाँमा खरिद गरेका थिए ।

गत वर्ष अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मको बहस व्यापक रूपमा चर्कियो । उनले बलिउडमा व्याप्त नेपोटिज्म र ग्रुपिज्मका कारण आत्महत्या गर्न बाध्य भएको कतिपयको टिप्पणी थियो । यसको बाछिट्टा नेपालसम्म आइपुग्यो । अभिनेत्री नम्रता सापकोटाले नेपाली फिल्म इन्डस्ट्रीमा पनि नेपोटिज्म रहेको भन्दै बहसको सुरुवात गरिन् ।

