Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2021/07/28
 
कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनीत तथा निर्मित फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढावलाई प्रस्तुत गरिएको छ । फिल्ममा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस-सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् । 
 
तराईका विभिन्‍न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । फिल्मको लेखन र निर्देशन धुर्मुस-सुन्तलीले संयुक्त रुपमा गरेका हुन् । फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको स्क्रिनप्ले र डाइलग धुर्मुस र सुन्तलीकै हो । 
 
मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । फिल्मले दर्शकलाई निराश नबनाउने कुञ्जना बताउँछिन् । सुरुमा वेब सिरिजको रुपमा ‘म त मर्छु कि क्या हो’ को निर्माण गरिए पनि पछि मेकिङ उत्कृष्ट भएपछि वेब फिल्म बनाएको उनको भनाई छ । यो फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । तर, रिलिज हुने मिति भने घोषणा गरिएको छैन ।
 
२०७२ सालमा गएको महाभूकम्पपछि सामाजिक कार्यमा सक्रिय रहेका धुर्मुस-सुन्तलीले भरतपुर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको समयमा फिल्म ‘सेन्टी भाइरस’ बाट अभिनयमा पुनरागमन गरेका थिए । तर, यो फिल्मले तारिफभन्दा आलोचना बढी खेप्यो । क्रिकेट रंगशालाको निर्माण सकिएपछि यो जोडी फेरि फिल्म निर्माणमा जुट्ने तयारीमा छ ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)