Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनमा नेपालमा अड्किएका थिए ‘मिमी’ का राज

एजेन्सी, मुम्बई, 2021/08/02
 
त्यसबेला जेकब स्मिथ ३ वर्षका थिए जब उनी पिता क्रिष, आमा जूली र दिदी ऐरिनसँग जून २०१९ मा वर्ल्ड टूरमा निस्किएका थिए । उनीहरु अक्टूबर २०१९ मा भारतको गोवा पुगे । गत वर्षको मार्चमा कोरोनाका कारण लकडाउन हुनुभन्दा अगाडि उनीहरु भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगरी देश गएका थिए । लकडाउनमा भने केही महिना उनीहरु नेपालमै अड्किएका थिए । 
 
लकडाउन खुलेपछि जेकबलाई परिवारले गोवाको किन्डरगार्टनमा छाडिदिए । जब डिसेम्बरमा उनका माता-पिता आए तब जेकब एक कास्टिङ एजेन्सीमा थिए । त्यसपछि उनी जनवरी २०२० मा माता-पिताको साथमा मुम्बई आए । लगत्तै जेकबले अभिनयको कोचिङ लिए र फिल्म ‘मिमी’ को छायांकनका लागि राजस्थान गए । उनी स्कटिस भएकाले उनको आवाज पछि डब गरिएको हो ।
 
जेकबकी आमाका अनुसार, उनलाई हिन्दी डाइलगको २० पेज दिइएको थियो । उनले डाइलगको लाइन सिके पनि स्कटिस टोन आयो । ‘मिमी’ मा उनी राजस्थानमा हुर्किएको एक भारतीय बालकको भूमिकामा छन् । यही कारण फिल्ममा उनको रियल आवाज प्रयोग गरिएन । पछि उनको आवाज डब गरियो । फिल्ममा जेकब अभिनेत्री कृति सेननको छोरा राजको भूमिकामा छन् ।
 
पछिल्लो समय भारतमा फस्टाएको सेरोगेसी संस्कारमा फिल्म ‘मिमी’ आधारित छ । जुलाई २६ तारिखमा नेटफ्लिक्समा रिलिज भएको फिल्मको कथा एकदमै बलियो छ । फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता पंकज त्रिपाठीले एकपटक फेरि अभिनयमा आफूलाई प्रमाणित गरेका छन् । त्यस्तै, अभिनेत्री कृति सेननको लागि यो उनको करियरकै सबैभन्दा राम्रो फिल्म भन्न सकिन्छ । 
Most Visited News (monthly)