Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाटकमा फर्किए विपिन, फिल्म भने अन्योल

फिल्मीखबर, काठमाडौं, 2021/08/03
 
अभिनेता विपिन कार्की रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएका हुन् । तर, फिल्ममा प्रवेश गरेसँगै उनी नाटकमा देखिन कम भए । आर्ट र कमर्शियल दुवै प्रकारका फिल्ममा आफ्नो दमदार उपस्थिति जनाइसकेका उनी अहिलेका डिमान्डेड र महंगा अभिनेता हुन् । ‘जात्रा’ सिरिज र ‘प्रसाद’ को सफलतापछि करिअरको उत्कर्षमा रहेका उनी चार वर्षदेखि नाटकमा भने अनुपस्थित थिए ।
 
किस्ताबन्दीको कोरोना महामारीले पाइपलाइनमा रहेका फिल्मको छायांकन अनिश्चितकालका लागि रोकिएपछि विपिनले नाटकमा फर्किनका लागि समय पाएका छन् । निषेधाज्ञाको समयमा रिहर्सल गरेर सोमवार (हिजो) देखि उनको अभिनय रहेको नाटक ‘अनुपस्थित तीन’ राजधानीको शिल्पी थिएटर मञ्चन सुरु भएको छ । उनले चार वर्षपछि नाटकमा पुनरागमन गरेका हुन् । 
 
कोरोना महामारीभन्दा अगाडि एउटा फिल्मको छायांकन नसकिँदै उनी अर्को फिल्ममा अनुबन्ध भइसकेका हुन्थे । चाहँदा चाहँँदै पनि उनले नाटकका लागि समय निकाल्न पाएका थिएनन् । कोरोनाले नाटकमा फर्किने उनको इच्छा पूरा गरेको छ । तर, फिल्ममा फर्किने अझै टुंगो लागेको छैन । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै फेरि फिल्म छायांकन अन्योल बनेको छ । 
 
अहिले उनको पाइपलाइनमा ‘प्रसाद २, विवेक, लालमोहन र के घर के डेरा’ छ । कोरोनाले गर्दा यी कुनै फिल्म छायांकनमा जान सकेका छैनन् । ‘प्रसाद २’ को छायांकन भने दशैंअघि सक्ने योजनामा निर्माण टिम रहेको छ । तर, सरकारले छायांकन अनुमति नदिइसकेको र संक्रमणको तेस्रो लहरको जोखिम पनि बढेका कारण दशैंअघि फिल्मको छायांकनमा सुरु हुने सम्भावना न्यून छ । 
Most Visited News (monthly)